<

काठमाडौं, ११ असार । उपत्यका ट्राफिक प्रहरीले ३ हजार १ सय ८० जनालाई कारबाही गरेको छ ।

 

पछिल्लो २४ घन्टा ट्राफिक नियम उलङघन गरेको आरोपमा सो संख्या बराबर कारबाही गरिएको हो ।

ट्राफिक कार्यालयका अनुसार मादक पदार्थ सेवन गरी सवारी चलाउने १ सय २३, लेन अनुशाषन उलङघन गर्ने १ सय ९५, रेड लाइट मिच्ने १ सय २१, चर्को हर्न बजाउने २७, नम्बर प्लेट राम्रोसँग नराख्ने ४७, लिडार गनमा देखिएका ४ सय १ र अन्य २ हजार २ सय ६६ जना गरी ३ हजार १ सय ८० सवारी साधानलाई कारबाही गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0