<

रौतहट,असार १० गते

रौतहट । नेपाल नागरिकता पहिलो सन्सोधन ऐन २०७९ को दफा ३ र ८ बमोजिम जिल्ला प्रशासन कार्यालय रौतहटबाट सर्व प्रथम दुई जनाले जन्मको आधारमा नेपाली नागरिकताको प्रमाण पत्र लिएका छन् । प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले दिएको जानकारी अनुसार मौलापुर नगरपालिका वडा नम्बर ४ का २७ वर्षिय अरुण कुमार यादव र वौधिमाई नगरपालिका वडा नम्बर ३ का १९ वर्षिय जय प्रकाश गिरीले जन्मको आधारमा नेपाली नागरिकताको प्रमाण पत्र पाएका हुन् ।

जन्मको आधारमा नेपाली नागरिकता पाउन आवश्यक कागजात प्रमाण सहितको अनुसुची फारम सहितको आवेदन पेश गरेको आवश्यक प्रकृया पूरा गरि दुवै जनालाई जन्मको आधारमा नेपाली नागरिकता दिईएको जिल्ला प्रशासन कार्यालय रौतहटका सुचना अधिकारी मणीभुषण साहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
1
+1
1
+1
0