<

 

नयाँदिल्ली, ९ असार ।

अमेरिकाले लडाकु जेटको इन्जिन भारत मै बनाउने भएको छ ।

 

अमेरिका र भारतका बिचमा भारतीय वायु सेनाका लागि जेटको इन्जिन भारतमा बनाउने सहमति भएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अमेरिका भ्रमणको क्रममा सो सहमति भएको हो ।

अमेरिकाले जेट इन्जिनको प्रविधि भारतसँग साझा गर्ने निर्णय गरेको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन् । जसअनुसार सैन्य क्षेत्रमा दुई देश बीचमा एतिहासिक र महत्त्वपूर्ण उपलब्धि मानिएको छ ।

सो अवसरमा अमेरिकाको जनरल इलेक्ट्रिक र भारतको सरकारी स्वामित्वको हिन्दुस्तान एयरोनटिक्स लिमिटेडबीच सम्झौतापत्रमा हस्ताक्षरसमेत भइसकेको छ ।

 

मोदी र अमेरिकी राष्ट्रपति जो बाइडेन बीचको भेटवार्ता पछि दुबै देशका कम्पनीका बीचमा सम्झौतासमेत भएको छ । अमेरिकामा निजी कम्पनीहरूले सैन्य सुरक्षा सामग्री उत्पादन गर्दै आएका छन् ।

 

मोदी २१–२३ जुनसम्म अमेरिकाको राजकीय भ्रमणमा रहेका थिए । तीन दिने भ्रमण सकेर मोदी शनिवार मिश्रतर्फ प्रस्थान गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0