<

 

आरके श्रीवास्तव,राैतहट,०८ गते असार राैतहट ।

बिक्रीका लागि राखिएको जस्तापातामा च्यापेर एक कामदारको मृत्यु भएको छ । जिल्लाकाे दक्षिणी भेग बौधीमाई नगरपालिका वडा नम्बर ८ स्थित बंकुल सरमुजवामा रहेको एक पसलमा काम गर्ने मजदुरकाे मृत्यु भएको हाे ।

बकुंल बजारमा रहेको जय माता दी सोनाक्षी कबार सेन्टरमा काम गरिरहेको कामदारको सामानले च्यापिएर मृत्यु भएको हो । मृत्यु हुनेमा बारा जिल्लाकाे सिम्राैनगढ नगरपालिका वडा नम्बर ७ कवलपुर निवासी उमाकन्त साह रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी उमाशंर यादवले जानकारी गराउनु भयाे ।

उनले दिएको जानकारी अनुसार आज(शुक्रबार) दिउँसो करिब १२ बजेको समयमा गम्भीर घाइते भएको साहलाई उपचारका लागि प्रादेशिक अस्पताल गाैरमा लगिएको थियो । साहको उपचारकै क्रममा मृत्यु भएको तथा पाेष्टमार्टम पछि वास्तविक कुराहरु बाहिर आउने उनले बताएका छन् ।

घटना बारे थप अनुसन्धान भइरहेको उनकाे भनाइ छ । स्राेतका अनुसार बिक्री लागि राखिएको जुन जस्तापाताले च्यापिएर कामदारकाे मृत्यु भएको हाे ती सामानहरूकाे वजन धेरै रहेकाे बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0