<

 

आरके श्रीवास्तव,रौतहट,असार ०७ गते

रौतहटमा चोरीको मोटरसाईकल सहित मानिस पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्सा जिल्लाको विरगंज महानगरपालिका वडा नम्बर १० बस्ने दशरथ साह कानुको छोरा बर्ष १९ को अर्जुन साह कानु रहेका छन् ।

गत असार ३ गते दिउँसोको समयमा जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्बर ९ स्थित डुमरिया बजारको साईडमा पार्किङ गरी राखेको अबस्थामा मोहन कुमारको नाममा दर्ता रहेको ना. ४५ प. ७५५१ नम्बरको सिबि साइन एसपि कम्पनीको मोटरसाइकल चोरी भएको थियो ।

चोरी खबर पाएपछि ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर रौतहटबाट तत्कालै प्रहरी नायब उपरिक्षक एक नारायण कोईराला समेतको प्रहरी टोली खटी गई खोजतलास गर्ने क्रममा सोही दिन उक्त बाइक फेला पारेको थियो । जिल्लाको फतुवा विजयपुर नगरपालिका वडा नम्बर ११ शहिद बजार चोक स्थितमा कानुलाई उक्ते मोटरसाईकल सहित फेला पारी पक्राउ गरेको थियो ।

पक्राउ परेका कानुलाइ सम्मानित रौतहट जिल्ला अदालत गौरबाट म्याद थप गरी आवश्यक अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक उमा शंकर प्रसाद यादवले जानकारी गराउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0