<

 

 

आरके श्रीवास्तव,रौतहट,०४ गते असार

रौतहटको देवाही गोनाहीमा रहेको नगर स्तरीय अस्पतालको रेखदेख गर्ने मान्छेनै आफनो जिम्मेवारी बाट पञ्छिन थालेपछि अवस्था नाजुक बनेको नगर प्रमुख प्रेमलाल साहले बताउनु भएको छ । पत्रकारहरु सँग कुराकानी गर्दै वहाँले यस्तो बताउनु भएको हो । अस्पतालको बारेमा केही जनप्रतिनिधीहरु द्धारा जुन अभिव्यक्ती आएको छ ।

त्यो बिल्कुलै गलत रहेको उनको भनाइ छ । एउटा जिम्मेवारी व्यक्तीले यस्तो किसिमको अभिव्यक्ती दिनु र जिम्मेवारी बाट बञ्छिन खोजनु गलत हो । आफूहरुले १० लाख रकम नगरपालिका बाट छुट्टयाएर जेनतेन नगर अस्पताल अस्पताल सञ्चालनमा ल्याएको बताए ।

१ करोडको बजेटको कुरो जुन आएको छ,त्यो गलत हो । हामीले आन्तरीक श्रोत बाट अस्पताल सञ्चालनको लागि बजेट छुट्टयाएका थियौं । तर नगरपालिकाको कुनै आन्तरीक श्रोतनै छैन् । मालपोत लगायत बाट आउने कर नै छुट गरिएको अवस्थामा आन्तरीक श्रोत बाट कम आउने कुरै भएन् ।

जेभएपनि अब नगपालिकामा उपसचिव स्तरको कार्यालय प्रमुख आइतवार देखि हाजिर भएका छन् । सोमबार कार्यपालिकाको बैठक बस्दैछ । उक्त बैठक बाट नगर स्तरीय अस्पताल लगायत नगरभरिको विकास निर्माणको कामहरु बारे ठोक निर्णय गरि कामहरु द्रुत गतिमा अगाडी बढाइने उनले बताएका छन् । आफनो कारणले अस्पतालको अवस्था अस्तव्यस्त बनेको भनि लगाएको आरोप बिल्कुलै गलत रहेको उनले बताउनु भयो ।

यस अघिका प्रमुख प्रशासकीय अधिकृत सिकिन्द्र साहको मनपरी रवैयाका कारण आम जनसमुदायले सेवा सुविधा पाउन बाट बञ्चित भएका छन् । अन्य कामको लागि आफू सँग नसोधी धमाधम चेक काटने हाकिमले अस्पतालमा चाहिने सामानको चेक काट्नु पर्दैनथ्यो भनि उनले प्रश्न गरे? हाकिमकै कारणले अस्पतालको अवस्थाले आइपुगेको उनको आरोप छ ।

नगर अस्पतालमा औषधिको अभाव हुनुको साथै मेसिनहरु संचालनमा आउन नसकेको हो । नगर असपतालमा सेवा लिन जाने सेवाग्राहीहरु मेसिनहरु संचालन नहुँदा सेवा लिनबाट बञ्चित हुँदैै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0