<

 

रन्धिर साह, रौतहट, असार ३ ।

रौतहटको देवाही गोनाही नगरपालिकामा आज नयाँ प्रमुख प्रशासकीय अधिकृत (हाकिम) का रुपमा शम्भु राय यादवले जिम्मेवारी सम्हालेका छन् । उनले आज प्रमुख प्रशासकीय अधिकृतकका जिम्मेवारी सम्हालदै हाजिरी जनाएका छन् ।

देवाही गोनाही नगरपालिकाका नगर प्रमुख प्रेमलाल साह यादवलाई टीका माला र दोसाला ओढाई स्वागत गरेका छन् । साथै मेयर साहले उनलाई बधाई सहित कार्यकाल सफलताको भब्य शुभकामना दिएका छन् ।

पछिलो समयदेखि देवाही गोनाही नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतहरु संग मेयर तथा उप मेयरबीच विवाद हुँदै आएको तथा अधिकृतहरुको आवत जावतको क्रियाकला हुँदै आएको छ । अब सोही जिम्मेवारी आज (आइतबार) देखि यादवले सम्हालेका छन् ।

यो अधिकृत र  जनप्रतिनिधिहरु बीच तालमेल नभएपछि सर्व सधारनदेखि सबै निकायका कायृहरुमा सधै अवरोध हुँदै आएको छ । सोही कारणले वर्षभरी यो नगरपालिा विवादी बन्दै गएको तथा विकासको काममा अवरोध सिर्जना भएको एक प्रतिनिधिले बताएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0