<

 

ब.स.,राैतहट,०१ गते

असार राैतहटकाे देवाहीगाेनाही नगरपालिकामा उपप्रमुख परनिया देवी पटेलकाे अडानका कारण नयाँ हाकिम शम्भु यादव हाजिर हुन पाएनन् । उनलाई संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयबाट देवाहीगाेनाहीकाे प्रमुख प्रशासकीय अधिकृतको रुपमा नियुक्त गरेर पठाएको हाे । शुक्रबार उनी हाजिर हुन आउँदा हाजिर गराउने र नगराउने पक्षकाे दर्जनौं मानिसहरूकाे नगरपालिकामा भिडभाड थियाे ।

देवाहीगाेनाहीका नगर प्रमुख प्रेमलाल साह पक्षले हाजिर गराउन चाहेका थिए भने उप प्रमुख परनिया देवी पक्षले हाजिर गराउन मानिरहेका थिएनन् । दुवै पक्षले हाकिम हाजिरकाे विषयलाई लिएर जुँगाकाे लडाइँ बनाएपछि त्यहाँ स्थिती केहिबेर तनावग्रस्त बनेकाे थियाे ।

स्थितिलाई साम्य पार्न ईप्रका देवाहीगाेनाही,ईप्रका गरूडा र ईप्रका कटहरिया बाट जनपद प्रहरी र सशस्त्र प्रहरी समेतकाे टाेली पुगेको थियाे । नयाँ हाकिमकाे रूपमा हाजिर हुन आउनु भएका शम्भु यादवलाई उपप्रमुख पटेलले आईतवार मात्र हाजिर हुन आग्रह गरेकि थिईन् ।

जवाफमा नेपाल सरकारका उपसचिव समेत रह्नु भएका यादवले आफू सबैकाे साझा हाकिम बन्नकाे लागि यहाँ आएकाे भन्दै आईतवार मात्रै हाजिर हुने प्रतिक्रिया दिए । स्मरणीयहाेस् साे नगरपालिकामा जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतबीच तालमेल नहुँदा विकास निर्माणका काम प्रभावित भएको छ ।

देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह, उपमेयर परनिया देवी पटेल र प्रमुख प्रशासकीय अधिकृत सिकेन्द्र साहबीच रहेको आपसी विवाद तथा टकरावका कारण नगरमा विकास निर्माणका कामहरु ठप्प भएका छन् । आर्थिक वर्ष २०७९/८० को अन्तिम महिना असार सुरू पनि मेयर साह, उपमेयर पटेल र प्रशासकीय अधिकृत साहबीचको विवादका कारण अझै विकासका कामहरु अगाडि बढ्न नसक्दा करोडौं रकम फ्रिज हुने अवस्थामा पुगेको जनप्रतिनिधिहरूले नै गुणासाे गर्न थालेका थिए ।

अन्ततोगत्वा संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले यादवलाई प्रमुख प्रशासकीय अधिकृतकाे जिम्मेवारी दिएर पठाएकाे हाे ।

मेयर प्रेमलाल साहले प्रशासकीय अधिकृत सिकेन्द्र साहलाई हटाएर अर्को हाकिम ल्याउन खोजेको र उपमेयर परनिया देवी पटेलले सिकेन्द्र साहलाई नै हाकिम राख्न खोजेको कारण तिनै जनाबीचको विवाद उत्कर्षमा पुगेको स्राेतकाे भनाइ छ । जनप्रतिनिधिबीच विवादले नगरपालिका अस्तव्यस्त समेत बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
0
+1
0
+1
3