<

 

ब.स.,चन्द्रपुर,०१ गते असार

नेपाल प्रेस युनियन रौतहट शाखाको अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले प्रिमेश शिवाकोटीको नेतृत्वमा १३ जना कार्य समिती सर्वसम्मत रुपमा चयन गरेको हो ।

प्रेस युनियन केन्द्रीय प्रतिनिधी गणेश रिजालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको अधिवेशनले अध्यक्षमा प्रिमेश शिवाकोटी,उपाध्यक्षमा राजेश्वर पाण्डे(खुल्ला) र समावेसी उपाध्यक्षमा दिपुकुमार मिश्र,सचिबमा सागर हुमगाई,उप-सचिबमा राम प्रकाश चौधरी,

कोषाध्यक्षमा लक्ष्मी बस्नेत चयन भएका छ्न भने सदस्यहरुमा राजेश पौडेल ,बिश्नु आचार्य,बिबेक चौधरी,मो.मोजिबुल्लाह,मनोज यादब,मो.ओजिर आलम र प्रेम यादब चयन भएका हुन ।

अधिबेशनमा नेपाल पत्रकार महासङका केन्द्रिय सदस्य शिब पुरी,प्रेस युनियनका केन्द्रिय सदस्य संजय कार्की,निवर्तमान अध्यक्ष यादबराज पुरीको आतिथ्यता रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0