<

 

काठमाडौं, १ असार ।

नक्कली भुटानी शरणार्थी प्रकरणका मुद्दाको थुनछेक बहस सकिएको छ ।

 

काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको एकल इजलासमा दुवै पक्षबाट थुनछेक बहस सकिएको हो ।

 

बिहीबारसम्म  १८ जना प्रतिवादीतर्फबाट बहस भएको थियो भने शुक्रबार पाँचजना सरकारी वकिल र जाहेरतर्फकासमेत गरी ७ जनाले जवाफी बहस गरेका हुन् ।

 

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न भएको अभियोग लागेका १८ जना प्रतिवादीतर्फको बहस बिहीबार सकिएको थियो ।

 

थुनछेक बहस सकिएकाले शुक्रबार नै थुनछेक आदेशको आउने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0