<

 

ब.स.आरके श्रीवास्तव,चन्द्रपुर,जेठ ३२ गते ।

राैतहटकाे गुजरा नगरपालिकाले चालु आर्थिक वर्ष २०७९/८० को ११ महिनाकाे अवधिमा ५२ प्रतिशतमात्रै बजेट खर्च गरेको छ । आर्थिक वर्ष समाप्त हुन एक महिना बाँकि रहँदा ३६ करोड रुपैयाँमात्रै खर्च भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राज कुमार अधिकारीले जानकारी दिनुभयो ।

नगरपालिकाले आर्थिक वर्ष २०७९/८० का लागि ७० करोड ३५ लाख ८० हजार ९९१ रुपैयाँकाे अनुमानित बजेट छैठौं नगर सभाबाट पारित गरेको थियो । तर आर्थिक मन्दीका कारण बजेटमा कटौती भई ४८ कराेड ७४ लाख १५ हजार १६२ रूपैयाँ ८१ पैसा बजेट आएको लेखा प्रमुख शैलेन्द्र श्रीवास्तवले जानकारी गराउनु भयाे ।

नगरपालिकालाई सङ्घीय सरकारबाट ४१ करोड ४९ लाख ७९ हजार, प्रदेश सरकारबाट एक करोड ५७ लाख , राजस्व बाँडफाँटतर्फ १ करोड ४५ लाख ४१ हजार रुपैयाँ बजेट खर्च भएको श्रीवास्तवले जानकारी दिनुभयो ।

संघिय सरकारकाे बजेट तर्फ ६०.४१ प्रतिशत,प्रदेश सरकारकाे १२.०२ प्रतिशत र राजस्व बाँडफाँड तर्फ ३१ प्रतिशत बजेट खर्च भएको उनले बताए । कुल बजेटमध्ये तेस्रो चौमासिक (जेठ मसान्त) सम्म चालुतर्फ ५६ प्रतिशत बजेट खर्च गरेको छ भने पुँजीगततर्फ ४७ प्रतिशत खर्च भएको लेखाप्रमुख श्रीवास्तवले बताउनुभयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0