<

 

काठमाडौं, ३२ जेठ ।

नेपाल सरकारको मुख्यसचिवमा वैकुण्ठ अर्याल नियुक्त भएका छन् । बिहीबार दोस्रोपटक बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई मुख्यसचिवमा नियुक्त गरेको परराष्ट्रमन्त्री एनपी साउदले जानकारी दिए ।

‘आज दुईपटक मन्त्रिपरिषद् बैठक बसेको छ,’ मन्त्री साउदले भने, ‘दोस्रोपटक बसेको बैठक मुख्यसचिवमा वरिष्ठतम् सचिवमध्येबाट वैकुण्ठ अर्याललाई नियुक्त गरिएको छ ।’

बिहीबार नै बसेको पहिलो मन्त्रिपरिषद् बैठकले मुख्यसचिव पदबाट शंकरदास बैरागीले दिएको राजीनामा स्वीकृत गरेको थियो । उनको राजीनामा स्वीकृत गरेपछि पुनः बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई मुख्यसचिवमा नियुक्त गरेको हो ।

अर्यालले शुक्रवारबाट अनिवार्य अवकाश पाउँदै थिए । तर, बिहीबार नै सरकारले उनलाई सरकारले मुख्य सचिवमा नियुक्त गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0