<

 

काठमाडौं, ३१ जेठ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर पुगेका छन् ।

स्वास्थ्य उपचारका लागि मंगलबार मध्यराति पुर्व प्रधानमन्त्री देउवा सिंगापुर पुगेका हुन् ।

 

श्रीमती आरजु राणा भने सोमवार नै सिंगापुर पुगेको उनका सचिवालय सदस्य भानु देउवाले जानकारी दिएका छन् । सिंगापुरमा पुर्व तयारीका लागि श्रीमती देउवा भने पहिला नै पुगेकी हुन ।

देउवाको सचिवालयका अनुसार नियमित स्वास्थ्य उपचारका लागि उनी सिंगापुर पुगेका हुन् । पेटमा समस्या देखा परे पछि उनी तीन बर्ष अघि पनि सिंगापुर गएका थिए । उनले सिंगापुरस्थित अस्पतालमा आँखाको पनि जाँच गराएका थिए ।

 

उनी एक सातापछि स्वदेश फर्किन छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0