<

 

आरके श्रीवास्तव,गरूडा,चैत २९ गते
रौतहट मध्य भाग गरुडामा आन्दोलनकारी र प्रहरी बिच झडप भएको छ । दोहोरो झडपमा परी ४ जना प्रहरी र एक जना प्रदर्शनकारी गरि ५ जना घाईते भएका छन् । दिपक यादव ४ जना प्रदर्शनकारी लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

विभिन्न माग राख्दै दीपक यादवको समुहले आन्दोलनको नाममा अराजकता मच्चाउँदै गरुडा नगरपालिकाको कार्यालयमा ताल्चा लगाउन खोज्दा झडप भएको हो । मेयर सँग कुरा गर्छु भनेर नगरपालिकाको कार्यालय र ईलाका प्रहरी कार्यालयमाथि हजारौं ढुंगामुढा झडपमा नगरपालिकाको कार्यालय माथि ढुङ्गामुढा प्रहार गर्न थालेपछि सम्झाउँन जाँदा प्रहरीमाथि समेत उनीहरू ढुङ्गा बर्साउन थालेपछि प्रहरी र आन्दोलनकारी बीच झडप भएको हो ।


झडपको क्रममा प्रहरी निरीक्षक बिरेन्द्र पासवान सहित ४ जना प्रहरी घाइते भएका छन् । आन्दोलनको क्रममा गरुडा ५ का गजेन्द्र यादव घाईते भएका छन् । उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भईरहेको छ ।

प्रहरीले स्थिति नियन्त्रणमा लिन प्रहरीले १६ राउण्ड हवाई फायर गरेको इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी छेदीलाल कामतिले जानकारी दिएका छन् ।


आन्दोलनकारीले गरेको ढुङ्गामुढा बाट नगरपालिका कार्यालयको सिसा फुटेको छ भने नपा मिनि ट्रक गाडी माथि समेत उनीहरूले ढुङ्गामुढा गरेको प्रहरीले जनाएको छ। ढुङ्गामुढा बाट नपाको एक वटा सरकारी गाडीमा समेत क्षति पुर्याइएको छ। गरुडाको स्थिति अहिले सामान्य रहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0