<

 

रन्धिर साह, रौतहट, २९ गते जेठ ।

रौतहटको दुई वटा नगरपालिकाहरुमा नयाँ प्रमुख प्रशासकीय अधिकृत (हाकीम) ले जिम्मेवारी सम्हालेका छन् । सोमबार एक कार्यक्रमका बीच जिल्लाको गरुडा नगरपालिकाले नयाँ प्रमुख प्रशासकिय अधिकृतलाई जिम्मेवारी दिएका छन् । सो पालिकामा आजबाट प्रमुख प्रशासकिय अधिकृतको रुपमा हेमराज फुर्यालले जिम्मेवारी सम्हालेका छन् ।

उनलाई गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनी प्रसाद जयसवालले एक कार्यक्रमका बीच उनलाई टिका, माला र खादा ओढाएर स्वागत गरेका छन् । नगर पालिका प्रमुख जयसवालले स्वागत गर्ने क्रममा प्रमुख प्रशासकिय अधिकृतलाई मिलेर काम गर्नु तथा बधाई दिदै सफल कार्यकालका लागि शुभकामना समेत व्यक्त गरेका छन् ।

यस्तै जिल्लाका बौधिमाई नगरपालिकामा पनि आज (सोमबार) नै नयाँ प्रमुख प्रशासकिय अधिकृत पदको जिम्मेवारी प्रमोद राय यादवलाई दिएका छन् । उनलाई बौधिमाई नगरपालिकाका नगर प्रमुख प्रदिप राय यादवले टिका माला लाई स्वागत गरेका छन् । साथै सफल कार्यकालका लगि हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना समेत व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0