<

 

राैतहट,२९ गते जेठ ।

राैतहटकाे राजपुर नगरपालिकाले आगामी आर्थिक बर्षकाे बजेट निर्माणकाे लागि राय/सुझाव माग गरेको छ । साे नगरपालिकाले एक सूचना जारी गरी आ.व.२०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रम एवं बजेट निर्माणको लागि राय / सुझाव संकलन सम्बन्धी सूचना निकालेको छ ।

राजपुर नगरपालिकाको आगामी आ.व. २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रम तर्जुमा सम्बन्धी कार्य प्रारम्भ भईसकेको सूचना मार्फत जानकारी गराईएकाे छ ।

नेपालको संविधान द्वारा स्थानीय तहलाई प्रदत अधिकार स्थानीय सरकार संचालन ऐन २०७४ का प्रावधानहरु स्थानीयकरण, दिर्घकालिन सोच, लक्ष्य र उद्देश्य अनुरुप हुने गरी नगरपालिकाको उपलब्ध श्रोत साधन, संस्थागत क्षमता समेतका आधारमा राजपुर नगरपालिका अन्तर्गत नगर र विभिन्न वडास्तरमा संचालन हुने आगामी आव २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रम समावेश गर्नु पर्ने विषयमा महत्वपूर्ण सुझाव सहित रचनात्मक सहयोगात्मक लगायत आफ्ना अमूल्य राय सुझाव यस नगरपालिकालाई उपलब्ध गराई दिनु हुन अनुराेध गरिएको छ ।

साे नगरपालिका अन्तर्गतका वडा कार्यालय विषयगत शाखा, सबै राजनैतिक दल, विज्ञ, नागरिक समाज, सरकारी तथा गैर सरकारी संघ संस्था, शिक्षक, बुद्धिजीवि, पेसाकर्मी, सञ्चार जगत आम नगरवासि तथा सरोकारवाला सबैको जानकारीको लागि सूचना प्रकाशन गरीएको छ ।

राय सुझाव पठाउने ठेगाना कार्यालयको इमेल ito.rajpurmunrautahat@gmail.com/,ito.rajpurmunrautahat.gov.np/raziquealam29@gmail.com वा राजपुर नगरपालिकाको योजना अनुगमन तथा मूल्यांकन शाखामा पठाउन भनिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0