<

 

मुम्बई, २८ जेठ ।

बलिउड अभिनेता शाहरुख खानको लोकप्रियता कतै लुकेको छैन । उनका लागि फ्यान जे गर्न पनि तयार छन् ।

 

यसपटक फ्यानले उनका लागि केही फरक गरे, जुन काम देखेर शाहरुख आफैं छक्क परेका छन् । शाहरुखका फ्यानले उनको घर मन्नत बाहिर सबैभन्दा धेरै जनाको उपस्थिति उनको सिग्नेचर स्टेप गरेको रेकर्ड राखेका छन् ।

 

शाहरुखको घर बाहिर हरेक दिन फ्यानको भीड लाग्छ । हालै उनको फ्यानले शाहरुखलाई सम्झनालायक क्षण बनाइदिए । जब शाहरुख खान फ्यानलाई ‘सरप्राइज’ दिनका लागि मन्नतको बालकोनीमा आएर आफ्नो सिग्नेचर स्टेप देखाए, तब घर बाहिर उपस्थित तीन सय फ्यानले एकसाथ उनको सिग्नेचर स्टेपलाई पछ्याए । यो क्रम केही समयसम्म रहेपछि गिनिज बुक अफ वल्र्ड रेकर्डमा दर्ता भएको छ । शाहरुखले सिग्नेचर स्टेप देखाएपछि उनले फ्यानलाई हात जोडेर अभिवादन गरेका थिए ।

 

कामको कुरा गर्दा शाहरुख पछिल्लो पटक ‘पठान’मा देखिएका थिए । चार वर्षपछि ‘पठान’मार्फत कमव्याक गरेका शाहरुखले बक्सअफिसमा कैयौं रेकर्ड तोडे । ‘पठान’ पछि उनी ‘जवान’मा देखिँदैछन् । यो फिल्ममा शाहरुखको लुक्स फ्यानमाझ लोकप्रिय बनिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0