<

 

कैलाली, २८ जेठ । 

आफ्नै बुहारी २७ वर्षीया कौशी भन्ने कविता बुढाको हत्या गरेको अभियोगमा गौरीगंगा नगरपालिका-१ गोप्का बस्ने ५२ वर्षीय डिल्ली सिंह बुढा र उनकै श्रीमती ५० वर्षीया लहरी बुढालाई प्रहरीले पक्राउ गरेको छ ।

 

कविता यही जेठ १८ गतेबाट हराएको भन्ने निवेदनका आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा हत्या गरी गौरीगंगा नगरपालिका-१ केदारेश्वर सामुदायिक वनस्थित सुख्खा नालामा खाल्डोमा गाडेको अवस्थामा कविताको शव फेला परेको थियो ।

 

घरको काम नगर्ने, आफुखुशी गर्ने भनी निहुँ खोज्दै विवाद हुँदा भान्सा कोठामा रोटी पकाउँदै गरेकी कवितालाई डिल्लीले टाउकोमा चिरपट दाउराले प्रहार गरी हत्या गरेपश्चात डिल्ली  र उनकै श्रीमती लहरी मिलेर शवलाई डोकोमा हाली  वनमा लगेर गाडेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएकाे प्रहरीले जनाएकाे छ ।

साथै प्रतिवादी डिल्लीलाई लुकाई छिपाई राख्न सहयोग गर्ने भजनी नगरपालिका-४ बस्ने ४१ वर्षीय जयवीर बुढालाईसमेत प्रहरीले पक्राउ गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0