<

 

काठमाडौं, २९ चैत ।

युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लिगमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले जर्मन क्लब बार्यन म्युनिखलाई पराजित गरेको छ ।

इतिहाद स्टेडियम म्यानचेस्टरमा मंगलबार राति भएको खेलमा सिटीले म्युनिखलाई ३–० गोलअन्तरले पराजित गरेको हो ।

सिटीको जितमा रोड्री, बर्नाडो सिल्भा र एर्लिङ ब्राउट हालान्डले गोल गरे ।

यो जितसँगै सिटीले च्याम्पियन्स लिगका सेमिफाइनलमा पुग्ने सम्भावना बनाएको छ । म्युनिखलाई सेमिफाइनलमा पुग्न दोस्रो लिगमा कम्तीमा ४–० को जित आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0