<

 

रन्धिर साह, रौतहट, जेठ २७ ।

रौतहटको फतुवा विजयपुर नगरपालिकामा जनप्रतिनिधिहरुले शुक्रबार रातिदेखि धर्नामा बसेका छन् । हिजो करिब ५ वजे बेलुकादेखि फतुवा विजयपुर नगरपालिकाका वडा नम्बर १ देखि ११ सम्मका वडा अध्यक्षहरु तथा वोड सदस्यहरु लगायतले धर्ना दिएका छन्। सो धर्ना आज ९शनिबार० छलफल गरि समापन्न भएको हो ।

गुजरामाई नगरपालिका र फतुवाविजयपुर नगरपालिकाका सिमान जोडिएको लाल बकैया नदिमा फतुवा विजयपुर नगरपालिकालाई थाहनै नदिई गुजरामाई नगरपालिकाले लालबैया नदिमा मापदण्ड विपरीत अवैध तरिकाले नदि उत्खलन गरे पछि फतुवाविजयपुर नगरपालिकामा १ देखि ११ सम्मका वडा अध्यक्षद्धारा सो उत्खलन कार्यलाई रोका गरि धर्नामा उत्रिएका थियो ।

फतुवाविजयपुर घाटमा रहेको लालबकैया खोलामा मापदण्ड विपरीत अवैध रुपमा नदीजन्य पद्धार्थ उत्खनन भएको भन्दै रोक लगाइएको सो सोही पालिकाका वडा नम्बर ९ का वडा अध्यक्ष राकेश यादव ९पप्पु० ले बताए । हामीलाई जानकारी नै नगराई गुजरामाइ नगरपालिकाले नदीजन्य पदार्थ उत्खन्न गरे पछि हामीहरुले रोका गरि धर्नामा उत्रिएका थियौँ । सोही अनुसार आ गुजरामाइ नगरपालिकाका वडा नम्ब्र अशोक चौधरी र वडा नम्बर ४ का वडा अध्यक्ष कुमार ९झमक० चौलागाई तथा सह इन्जिनीयर प्रविणकुमार साहले छलफल गरि उत्खनको काम पुन सुरु गराएको हो ।

सो छलफलमा लालबकैया नदिको बहाव यता फतुवाविजयपुर र उता गुजरामाइ नगरपालिकाले ५ दिनका लागि काम गर्न सकिने गुजरामाई नगरपालिकाका सह इनजिनीयर साहले बताए । सबैले सो प्रस्तावलाई स्ववीकार गर्दै धर्ना समापन्न गरेको फतुवाविजयपुरका वडा नम्बर ९ का वडा अध्यक्ष नितेश चौधरीले बताए ।

फतुवाविजयपुर नगरपालिकाका वडा नम्बर १ का वडा अध्यक्ष विजयकुमार यादव, २ का वडा अध्यक्ष अनुरुद राय यादव, ३ का वडा अध्यक्ष रामेश्वर राय यादव, ४ का वडा अध्यक्ष सतिशकुमार यादव, ५ का वडा अध्यक्ष शेख एजाज अहम्द, ६ का वडा अध्यक्ष राम एकवाल राय यादव, ७ का वडा अध्यक्ष राम विश्वास राय यादव, ८ का वडा अध्यक्ष नितेश चौधरी,

९ का वडा अध्यक्ष पप्पुकुमार यादव, १० का वडा अध्यक्ष मंजय चौधरी र ११ का वडा अध्यक्ष ज्ञानेन्द्र चौधरी तथा वोड सदस्य जयराम साह सहितले धर्ना दिएको थियो । सो पालिकाले लालबकैया नदिको उत्खन्न सम्बन्धमा केही दिन भित्र टेन्डर गरीने जनाएको छ ।

    

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0