<

 

काठमाडौं, २९ चैत

बीपी राजमार्ग अन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–३ गढीगेट नजिक कार दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ। प्रहरीका अनुसार ज्यान गुमाउनेमा चारै जना भारतीय नागरिक भएको बताइएको छ । दुर्घटनामा एकजना गम्भीर घाइते भएका छन् ।

मंगलबार राति साढे १२ बजे भारतीय नम्बरप्लेटको बीआर ०६ डीडी ०६८७ कार अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालले बताए । दुर्घट्नामा गम्भीर घाइते एक पुरुषलाई थप उपचारका लागि काठमाडौं पठाउने तयारी भइरहेको छ ।

कारमा पाँच जना सवार थिए। मृतक चारै जना पुरुष रहेका छन् । मृतकमध्ये एक जनाको शव सिन्धुली अस्पतालमा र तीन जनाको शव घटनास्थलमै रहेको सिलवालले जानकारी दिए ।

राजमार्गको भीर भएको स्थानमा कार सडकबाट ५०० मिटर तल खसेको थियो। भीरमा जान सहज नभएका कारण शव निकाल्न सकिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0