<

 

ब.स.,मौलापुर,जेठ २५ गते
रौतहटको मौलापुरमा एसि÷फ्रिज मेकानिक सम्बन्धी ३० दिने सिप मूलक तालिम आज देखि शुरु भएको छ । मौलापुर नगरपालिकाको लघु उधम शाखाको आयोजनामा तीस महिने सिप मूलक तालिम शुरु भएको हो ।

“सिप सिकौं–उपयोगी बना,ैंआर्थिक विकासमा टेवा पुर्याऔं” भन्ने मूला नाराका साथ गरिबी निवारणका लागि लघु उधम विकास कार्यक्रम ( मेडपा) सिप विकास तालिम अन्तर्गत एसि÷फ्रिज मेकानिक तालिम दिन थालिएको हो ।

आर्थिक वर्ष २०७९÷०८० को स्विकृत कार्यक्रम मार्फत सो तालिमको बिहिवार देखि शुभारम्भ भएको हो । मौलापुर नगरपालिकाकी नगर प्रमुख रिना कुमारी साहले तालिम उद्घाटन गरेकी हुन् । उनले बेरोजगारी अन्त्य गर्ने र युवालाई स्वरोजगार मूलक बनाउने सरकारी अभियानमा यस्ता तालिम उपयोगी भएको बताएकी छिन् ।

तालिममा प्रशिक्षक हुमानाथ अधिकारीले एसि÷फ्रिज मेकानिक सम्बन्धी प्रशिक्षण दिइ रह्नु भएको छ । तालिममा अहिले ३२ जना सहभागि रहेको लघु उधम शाखा मौलापुरकी प्रम्ुख सुमन आर्यालले जानकारी दिएकी हुन् । यूवाहरुलाइ उधमी बनाउने उदेशयले तालिम प्रदान भइरहेको उनले बताएकी हुन् ।

सो अवसरमा मौलापुर नगरपालिकाका उप प्रमुख नागेन्द्र यादव,विभिन्न वडाका वडा अध्यक्ष लगायतका व्यक्तीहरुको उद्धघाटन समारोहमा उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0