<

 

रौतहट ,आजको पात्रो । २३ जेठ २०८०, मँगलबार ।

असार कृष्ण तृतिया पञ्चाङ्ग : शुभ वणिज पूर्वाषाढा
आज बिहान सूर्योदय ५ः१० मा हुनेछ भने सूर्यास्त ६ : ५६ मा हुनेछ ।
तिथि : द्वितिय ०५:४६ बजेसम्म, त्यसपछी तृतीया ०३:३७ बजेसम्म, त्यसपछी चतुर्थी
नक्षत्र : पूर्वाषाढा ०२:११ बजेसम्म, त्यसपछी उत्तराषाढा
योग :  शुभ ०७:५९ बजेसम्म, त्यसपछी शुक्ल
करण : गर ०५:४६ बजेसम्म, त्यसपछी वणिज १६:४३ बजेसम्म, त्यसपछी भद्रा ०३:३७ बजेसम्म, त्यसपछी वव

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )

आज शुभकार्यको चर्चा चल्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । मुद्दा मामिलामा विजयी प्राप्त हुनेछ । दिनको उत्तरार्ध बढी सुखद् रहनेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )

सन्तान पक्षको मायामा कमी आउनेछ । सहकर्मीबाट विरोध आउला । गरेको कार्यमा अवरोध आउला । प्रेमप्रसङ्गमा समेत नरमाइलोपन आउनेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )

रचनात्मक काममा जुट्ने समय छ । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । प्रेम सम्बन्ध कसिलो होला ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )

उन्नति एवं प्रगतिको वातावरण बन्नेछ । वैदेशिक र घरजग्गाको कारोबारमा सफलता मिल्नेछ । मेहनतीहरूका लागि दिन बढी फलदायी रहनेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )

समाजसेवामा मन लाग्नेछ । पुरानो र रोकिएको काम दोहोर्याएर गर्दा सफलता मिल्नसक्छ । शेयर बजारमा गरेको लगानीले राम्रो प्रतिफल देला ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )

ताकेका काममा बाधा हुनेछ । नयाँ ठाउँमा आर्थिक लगानी गर्नु उपलब्धीमूलक हुनेछैन । सङ्कटको सामना गर्दै उपलब्धि हासिल गर्नु पर्नेछ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )

आज रमाइलो यात्रा रहला । आकस्मिक धन लाभ हुनेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । सन्तान सुख पनि मिल्नेछ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )

धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ व्यक्ति सँग भेटघाट हुनेछ । रोकिएको धन हात पर्ला । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )

आज साथीभाइबाट सहयोग लिने समय छ । नयाँ काम सुरु गर्ने समय छ । जोशजाँगर र उमंग बढ्ला । आर्थिक कारोबारमा सफलता पाइएला ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )

आज दबाब र तनाव बढेको महसुस हुनेछ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । काममा ढिलासुस्ती हुनेछ, तर आफन्तले सहयोग गर्नेछन् ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )

श्रमको उचित मूल्याङ्कन हुनेछ । व्यवसायको सन्दर्भमा आदर्श व्यक्‍तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )

विद्याको विकास हुनेछ । पार्टी तथा सेमिनारमा सहभागी भइएला । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । आर्थिक लाभ पनि हुनेछ ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।
हाम्रो पात्रो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1