aarthik rashifal god ganesh
<

 

रौतहट ,आजको पात्रो । २४ जेठ २०८०, बुधबार ।

असार कृष्ण चतुर्थी , पञ्चाङ्ग ः ब्रह्म बव उत्तरषाढा
आज बिहान सूर्योदय ०५ः०८ मा हुनेछ भने सूर्यास्त ६ स् ५८ मा हुनेछ ।
तिथि,चतुर्थी ०१स्१६ बजेसम्म, त्यसपछी पञ्चमी,नक्षत्र,उत्तराषाढा ००स्३९ बजेसम्म, त्यसपछी श्रवण,योगःशुक्ल ०५स्२५ बजेसम्म, त्यसपछी ब्रह्म ०३स्५२ बजेसम्म, त्यसपछी ऐन्द्र,करणःवव १४स्२७ बजेसम्म, त्यसपछी वालव ०१स्१६ बजेसम्म, त्यसपछी कौलव,

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )

सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ । मनमा सहयोग भाव आउला । वैदेशिक कार्य अघि बढ्नेछ । धन प्राप्त पनि हुनेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )

कुनै कुराले मनमा प्रसन्नता छाउनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । नसोचेको ठाउँबाट धनागमको हुनेछ । दैनिक कार्यमा प्रगति नै हुनेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )

मनमा दुबिधा उत्पन्न हुनेछ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । आर्थिक कारोबारमा मन्दी आउनेछ । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )

आज धनार्जनका स्रोतहरू पत्ता लाग्नेछन् । शेयर बजारको लगानीले लाभ मिल्नेछ । आत्मबल बढाएर काम गरेमा बढी सफल भइनेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )

आज स्वादिष्ट भोजन पाइनेछ । प्रेममा मधुरता छाउनेछ । लामो समय देखि रोकिएको धन हात पर्न सक्छ । दिनको उत्तरार्धमा धन खर्च भने हुनेछ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )

आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । परिवारमा सुख सन्तोष छाउला । नयाँ कामको थालनी हुनेछ । स्वास्थ्यमा लाभ मिल्नेछ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )

महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । साना तिना समस्यामा अल्झनुपर्नेछ । स्वास्थ्यमा समस्या आउला, तर वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )

विशिष्ट व्यक्तिको साथ पाइनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । कार्यमा सफलता पाइनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )

वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । विद्यामा सफलता पाइनेछ । प्रेममा मधुरता छाउनेछ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )

महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । परिश्रम गर्दा धनार्जन हुनेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । लाभदायक यात्रा पनि रहला ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )

लाभहानी, आयव्यय, सुखदुःख बराबरी मध्यम खालको दिन छ । ठुलो लगानी नगर्दा वेश हुनेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )

धार्मिक कार्यमा रुचि बढ्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । विद्या र बुद्धिको विकास हुनेछ । गरेको कार्यमा सफलता मिल्नेछ ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

हाम्रो पात्रो

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0