<

 

कृष्ण तिवारी,राैतहट,जेठ २२ गते

ग्रामीण क्षेत्रकाे बिधालय बाट कक्षा ११ काे जाँच दिन पाएपछि बिद्यार्थी उत्साहित भएका छन् । अत्यधिक गर्मीको कारण स्कुलहरु बन्द रहेको समयमा पनि स्वास्थ्य सुरक्षाका मापदण्ड अवलम्बन गरेर रौतहटको टेङग्राहामा पनि कक्षा ११ को परीक्षा शुरु भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले विद्यालयको अनुकूलतामा परीक्षा सञ्चालन गर्न भनेपछि विभिन्न विद्यालयमा कक्षा ११ को परीक्षा शुरु गरिएको हो । अत्यधिक गर्मीसँगै लु जोखिमबाट बच्नका लागि स्वास्थ्य सुरक्षा सतर्कताका मापदण्ड अपनाएर परीक्षा शुरु गरिएको फतुवा बिजय पुर नगरपालिका -४ टेङराहा मावि का प्रधानाध्यापक अनिल यादवले जानकारी दिए ।

उनले भने, अत्यधिक गर्मी र लु बाट बाच्न परिक्षार्थीको स्वास्थ्य सुरक्षा सतर्कताका मापदण्ड अपनाएर परीक्षा शुरु गरेका हौँ ।” परीक्षा दिन विद्यालयमा पुगेका विद्यार्थीलाई स्वास्थ्य तथा सुरक्षाका सबै प्रक्रिया पूरा गरेर परीक्षा हलमा प्रवेश गराइन थालिएको हो ।

टेङराहा माबिमा ६२जना विद्यार्थी परीक्षा दि रहेका छन ।राष्ट्रिय परीक्षा बोर्डले असार १५गतेभित्र सबै विद्यालयलाई कक्षा ११ परीक्षा सम्पन्न गर्ने निर्देशन दिनु भएको थियोे । परिक्षा को क्रममा वडा अध्यक्ष सतिश कुमार यादव , बिधालय ब्यवस्थापन समितिको अध्यक्ष जयमङल यादव , पत्रकार , अभिभावक हरुले निरिक्षण तथा अनुगमन गर्नु भएको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0