<

 

राैतहट,जेठ २२ गते ।

नेपालमा बज्जिका भाषीको संख्या ११ लाख भन्दा बढी रहेको छ । राष्ट्रिय जनगणना २०७८ बाट बज्जिका मातृभाषा बाेल्नेकाे संख्या ११ लाख ३३ हजार ७ सय ६४ संख्या सहित ३.८९ प्रतिशत कायम हुँदै देशकाे छैठौं लामाे भाषाकाे स्थान हासिल गर्न सफल भएको छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार नेपालमा बोलिने मातृभाषा १२४ रहेको कार्यालयले जनाएको छ । कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार नेपालमा एक करोड ३० लाख चार हजार ४५७ जनाको मातृभाषा नेपाली रहेको छ ।

जुन कूल जनसंख्याको ४४.८६ प्रतिशत हो । नेपालीपछि सबैभन्दा धेरै बोलिने मातृभाषा मैथिली हो । नेपालमा मैथिली भाषा बोल्नेको संख्या ३२ लाख २२ हजार ३९ रहेको छ । जुन कूल जनसंख्याको ११.०५ प्रतिशत हो । कार्यालयको विवरणअनुसार नेपालमा तेस्रो सबैभन्दा धेरै बोलिने मातृभाषा भाषा हो । नेपालमा भोजपुरी बोल्नेको संख्या १८ लाख २० हजार ७९५ रहेको छ ।

जुल कूल जनसंख्याको ६.२४ प्रतिशत हुनपुग्छ । त्यस्तै देशको ५.८८ प्रतिशत जनसंख्याले थारू र ४.८८ प्रतिशत जनसंख्याले तामाङ भाषालाई मातृभाषाका रुपमा बोल्छन् । जनगणनाअनुसार तमाङ पछि बढि बाेलिने भाषा बज्जिका नै रहेको छ ।

बज्जिका भाषाका अभियन्ताहरूले बज्जिका भाषासेवी र बज्जिका प्रेमीकाे लागि धेरै खुशिकाे कुरा रहेको र बज्जिकाकाे संरक्षण र विकासकाे लागि अझै जाेड ताेड र उत्साहका साथ लाग्नु पर्ने प्रतिक्रिया दिएका छन् । कार्यालयले गत चैत १० गते १२ औं जनगणनाको संक्षिप्त विवरण सार्वजनिक गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0