<

 

रन्धिर साह, रौतहट, जेठ २२ गते ।

रौतहटको किसानहरु चर्को घामका कारण अहिले चिन्तित भएका छन् । केहिँ दिनदेखि देखा पर्दै आएको अधिक तापक्रमका कारण किसानी पेशामा आवद्व रहेका किसानहरु समस्यामा परेका छन् । चर्को घामले चौतर्फी रुपमा प्रभाव पारेको छ । सो कारणले जनजीवन कष्टकर बन्दै गएको हो ।

पानी नपर्ने तर चर्को घाम गर्मी त्यसमा दिउँसो हावा पनि ताँतो चलेपछि जनजीवन कष्टकर बन्दै गएको देवाही गोनाही नगरपालिका वडा नम्बर ६ निवासी गुलाम महतोले बताएका छन् । उनी सानैदेखि किसानी पेशामै आवद्व भएर आफ्नो जिवीकाेपार्ज गर्दै आएका छन् ।

उनी भन्छन् हाम्रो देशमा तीन तहका सरकार रहेकाे छ । तर, किसानका लागि गर्ने सरकार नै छैन् । सबैले आफ्नो आफ्नो पेट भर्ने काम गर्दै आएको आरोप लगाएका छन् । हाम्रो लागि हाम्रो सरकार भनेको स्थानीय तहका सरकार हो । तर, खै किसानको समस्या बुझेको ।

प्रत्येक वर्षको बजेट भाषणमा किसानका लागि बजेट छुट्याईएको हुन्छ । तर, छुट्याइएको बजेट खोइ ? किसानकाे समस्या ज्यूकाे त्यू रहेकाे छ । देवाही गोनाही नगरपालिकाले आफ्नो नगरसभा छैठौ बजेट अधिवेशन गत वर्ष २०७९।०८० को बजेटमा भनिएको थियो कि नगरपालिका भित्र गरिने कृषि पेशालाई बैज्ञानिक ढंगबाट व्यवस्थापन गरी व्यवसायीकरण गरी बजेट विनियोजन गरिेने, आधुनीक र व्यवसायीक फर्म संचालन गर्न कृषकलाई प्रोत्साहन गर्ने निति निर्माण गरिने, सिँचाई व्यवस्थापनका साथ भौतिक पुर्वाधार निर्माण गर्ने जस्ता तपाईको योजनाहरु खोइत ? मेयर साब वहाँले प्रश्न गर्नु भयाे ।

यस्तै सोहि वडाका अनुपा महतो भन्छन् सरकारले भनेको जस्तो काम गरेको भए हामी सबै कुरामा परिपक्व हुन्थ्याैं । आज भोली सिचाईको अभावले हामीलाई तरकारी तथा फलफुल बाली विरुवाहरू सुक्न थालेको छ। जलजन्तु र स्थलजन्तु तथा पशु चौपायाहरु बढी प्रभावित भईरहेकाे देखिएको छ ।

पानी नपर्दा धानको बीउ खसाल्न नसक्दा किसानहरु चिन्तित देखिएका छन् । यस्तै अवस्था रहिरहे र तिनै तहको सरकारले ध्यान दिएन भने सर्वसाधारणलाई आर्थिक संकटकाे भयावह अवस्थाको सामना गर्नु पर्ने स्थिति आउन सक्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0