<

 

जेठ २२ गते

तराईका केही भू–भागहरूमा तातो हावा (Heat Wave) चलिरहेकोले देशभरको अधिकतम र न्यूनतम तापक्रम खासै नघट्ने देखिएकाे जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

तसर्थ अत्याधिक गर्मी तथा हावाहुरीबाट हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन माैसमविद्ले आग्रह गरेका छन् ।

अहिले बिहान देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । आज दिउँसो सुदूरपश्चिम र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।

कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा देशका बाँकी पहाडी भू–भागका ‍एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ । लुम्बिनी प्रदेशकाे तराईका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ ।

आज राति पनि दिउँसाेकाे जस्तै माैसमी प्रणाली रहने महाशाखाले जनाएकाे छ ।

तातो हावा तथा लूबाट हुने सम्भावित असर 

थकाइ लाग्ने

कमजोरी हुने

बढी तिर्खा लाग्ने

टाउको दुःख्ने

खुट्टा बाउँडिने

चक्कर आउने

बेहोस हुने

मांसपेशी दुख्ने

बान्ता हुने

के गर्ने ?

तातो हावा तथा लूबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात् चिसो स्थानमा रहने

बाहिरी वातावरणमा बढी नजाने

घाममा हल्का लुगा लगाउने, सुती कपडा लगाउने

बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने

नियमित पानी तथा झोल पदार्थ प्रशस्त मात्रामा पिउने

स्वास्थ्यमा समस्या आएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही सल्लाह सुझाव लिने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0