<

 

बज्जिकाञ्चल,जेठ २० गते।

राैतहटकाे माधवनारायण नगरपालिकामा नगर स्तरीय बाल भेला कार्यक्रम सम्पन्न भएकाे छ । साे नगरपालिकामा नगर स्तरिय बाल भेला शनिवार नगरपालिकाकाे सभाहल माधाेपुरमा सम्पन्न भएको छ । ग्रामीण बिकाश केन्द्र नेपाल तथा वर्ल्ड भिजन नेपाल काे साझेदारीमा सिपि डट सिईएसपि र माधवनरायण नगरपालिका कार्यालयको समन्वयमा भएको भेलामा नगरपालिकाका ९ वडाका ३२ जना बालबालिकाको सहभागिता रहेको थियो ।

भेलामा वडा स्तरीय योजना तर्जुमा गर्दा बालबालिकाले प्रस्ताव गर्न सक्ने सम्भावित योजना निर्माण, योजना छनौट प्रक्रियामा बालबालिकाको सहभागिता लगायतको बिषयमा समुहगत छलफल गरिएको थियो । कार्यक्रमकाे प्रमुख अतिथि नगर उप प्रमुख निर्माला देवि रहेकी थिईन् । कार्यक्रमलाई तीन ग्रुपमा बिभाजन गरिएको हाे ।

जस मध्ये पहिलाेमा जय नेपाल स्माईल, दाेस्राेमा जयमाँ कल्याणी र तेस्रोमा राधेकृष्ण ग्रुपकाे नामले बिभाजन गरिएको थियाे ।

सबै ग्रुपले आफ्नो आफ्नो गाउँ टाेल र नगरमा कस्ता कस्ता कार्य राम्रो र कस्ता कार्य न राम्रो हुन्छ त्यसको बारेमा चित्रकाेरि स्पष्ट रूपले तर्क बेतर्क छुट्टयाई वार्तलाप गाउँ घरमा भईरहेका बाल बिवाह, बाल श्रम , महिला हिंसा, चेलिबेटी , जाडरक्सी र बालबालिकाकाे हक अधिकारकाे लागि समाजमा नकारात्मक बिषयमा छलफल भएकाे छ ।

र यसै कार्यमा बालबालिकाहरूकाे समस्या बारे चर्चा भएकाे थियाे । कार्यक्रमकाे संचालक आरडिसि नेपालबाट बिनाेद दासले गरेका थिए । कार्यक्रममा नगरपालिकाकाे प्रमुख प्रशासकीय अधिकृत देवनाथ यादव, अनिशा शर्मा ,ममता कुमारी झा काेषाध्यक्ष,प्राेग्राम मैनेजर सुशील शर्मा ,वालकल्याण अधिकारी ,रिता देवि यादव लगायत बालबालिका जनप्रतिनिधि कर्मचारी र संचारकर्मिकाे उपस्थित समेत रहेकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0