<

 

नयाँ दिल्ली, १८ जेठ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँगको सीमा विवाद समाधान हुने बताएका छन् ।

चारदिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटवार्तापछि बिहीबार दिउँसो हैदरवाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदीले   नेपाल–भारत सीमा विवाद समाधान हुने बताएका हुन् ।

 

नेपाल–भारत सम्बन्धलाई हिमालको जस्तै उचाई दिने काम भइरहेको र यही भावनाका साथ सीमा विवाद पनि समाधान गर्ने प्रधानमन्त्री मोदीको भनाइ छ ।

‘हाम्रो सम्बन्धलाई हिमालय जस्तै उचाई दिने काम गर्नेछौँ ।  यही भावनाका साथ सीमाको विषयमा होस् वा अरु केही सबै समाधान हुनेछ,’ मोदीले संयुक्त पत्रकार सम्मेलनमा भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0