<

 

राजस्थान, १८ जेठ ।

राजस्थानमा विधानसभा चुनाव हुनुअघि मुख्यमन्त्री अशोक गहलोतको नेतृत्वमा रहेको कांग्रेस सरकारले ठूलो निर्णय गरेको छ ।

 

मुख्यमन्त्री गहलोतले राजस्थानका सबै उपभोक्ताहरूलाई बिजुलीको बिलमा ठूलो राहतको घोषणा गरेका हुन् ।  मुख्यमन्त्रीले ट्विट गर्दै भनेका छन, अब राज्यका जनताले १०० युनिटसम्म बिजुली प्रयोग गर्दा कुनै महशुल लाग्ने छैन् ।

 

उनका अनुसार अब हरेक महिना सबै उपभोक्ताले १०० युनिट बिजुली निस्शुल्क पाउनेछन् भने २ सय युनिट बिजुली प्रयोग गर्नेलाई सरचार्ज मिनाहा हुनेछ ।

मुख्यमन्त्रीले मासिक १०० युनिटसम्म विद्युत खपत गर्नेको विद्युत महसुल शून्य हुने बताए । अब जनताले अग्रिम बिल तिर्नुपर्ने छैन। उनका अनुसार जतिसुकै बिल आए पनि पहिलो १०० युनिटको विद्युत महसुल तिर्न पर्ने छैन ।

 

यसअघि उनले ५०० भारतीय रुपैयाँमा एलपी ग्याँस दिने घोषणा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0