<

 

रौतहट, जेठ १७ ।

जनता समाजवादी पार्टी ९जसपा० नेपालको भातृसंगठन समाजवादी दलित मुक्ति संगठन कार्यक्रम सम्पन्न भएको छ ।

रौतहटको गरुडा नगरपालिका स्थित रहको आशिवार्द गेष्ट हाउसमा भएको कार्यक्रममा जसपा नेपालको मधेश प्रदेश अध्यक्ष तथा पुर्व माननीय रामबाबु यादवको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उदयनारायण राम अध्यक्ष पदमा सर्व सहमत चयन भएका छन् ।

जनता समाजवादी पार्टी नेपालद्वारा आयोजित समाजवादी दलित मुक्ति संगठन कार्यक्रममा उदयनारायण रामसहित १५ जना सदस्यीयसहित जिल्ला कार्य समिति गठन गरिएको हो ।

दलित मुक्ति संगठन कार्यक्रमबाट उपाध्यक्षमा पबित्री देवी पासवान, महिला उपाध्यक्षमा बालालखीन्द्र पासवान, सचिवमा मनोज पासवान, सह सचिवमा गोनउर राम, कोषाध्यक्षमा कमोधिया देवी राम चयन भएका छन् ।

यस्तै कार्यक्रमबाट सदस्यहरुमा नरेश पासवान, कलसिया देवी, जयमंगल महरा, हरिशंकर पासवान, सियाराम पासवान, राजेन्द्र राम, शिवमंगल पासवान, बिजय पासवान र अशोक पासवान सर्व सहमत रुपमा चयन भएका छन् ।

सो कार्यक्रममा जसपाका नेता विश्वनाथ पटेलको विशिष्ट अतिथ्यता रहेको थियो भने जिल्ला अध्यक्ष श्याम बिहारी यादवको आतिथ्यता रहेको थियो ।

यस्तै रामवशिस्ट यादव, जसपा मधेश प्रदेश सदस्य तथा प्रादेशिक अस्पताल गौरको अध्यक्ष मोहम्मद अनवर हाशमी, चमेली दास, रामप्रीत पासवान, राजकुमार दास तथा पुनीत राम लगायतको स्थानीय बासि, जनप्रतिनिधिहरु उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0