<

बज्जिकाञ्चल संवाददाता,राैतहट,२५ गते असाेज । 

आम जनता पार्टी (आजपा) का स्थाई कमिटी सदस्य मेयर प्रत्यासी विजय यादव निर्विज फतुवा नगरपालिकालाई बचाउन आम जनता एक हुन आह्वान समेत गरेका छन् ।

महापर्व दशैं, शुभ दिपावली एवं छठ पर्वको शुभ अवसरमा रौतहटको फतूवा विजयपुर नगरपालिकाका वडा नं ८ बुनियादमा आम जनता पार्टीका केन्द्रिय अध्यक्ष मा प्रभु साह प्रमुख अथितिमा आज शुक्रबार आजपाद्धारा आयोजित शुभकामना एवं भेटघाट कार्यक्रममा सहभागि मेयर प्रत्यासी यादवले मधेश प्रदेश सरकारका अर्थ मन्त्री जितेन्द्र यादव र उहाँको आसेपासे अहिले गाउँमा डायरी बोकेर आम जनतालाई झाँसा देखाएर ठग्दै विगत सात वर्षदेखि फतुवा विजयपुर नगरपालिकामा उहाँहरुको नेतृत्व छन ? अहिले सम्म यहाको शिक्षा, स्वास्थ्य, बिकास निर्माण सम्बन्धी काममा अहिले सम्म कुनै ठोस काम गरेको छैन ।
केही महिना अगाडी मात्र आम जनता पार्टीको बलमा यस नगर जनतालाई विद्युत महसुल फ्री गराए, आम जनता पार्टीको यस नगरमा निःशुल्क कर सहित अन्य काममा निरन्तर खवरदारी गर्ने मेयर प्रत्यासी विजय यादवले बताए । यस फतुवा विजयपुर नगरपालिकाकामा जे काम भएको छ त्यो आम जनता पार्टीका केन्द्रिय अध्यक्ष मा प्रभु साहको पहलमा भएको वहाले जिकिर गरे ।
आयोजित कार्यक्रममा पार्टी महासचीव त्रिभुवन साह, स्थाई कमिटी सदस्य संजय यादव, आम मुस्लिम मोर्चाका महा सचिव शेख मोबिन, नगर उपा अध्यक्ष सेरबहादुर पटेल, प्रदीप चौधरी, राधाकान्त यादवका साथै आजपाका नेताकार्यकर्ता, सर्वसधारण लगायतको विशेष सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0