<
आरके श्रीवास्तव,राैतहट,२४ गते असाेज ।
विपद् संकटग्रस्त क्षेत्रमा मधेसका जिल्लाहरू समावेश गर्नु सरकारकाे निर्णय स्वागत याेग्य रहेको लाेसपा नेता रामप्रवेश दासले बताएका छन् ।
उनले भने-आफू लगायत विभिन्न दलका नेताहरूकाे दबाब स्वरूप आज विपद् संकटग्रस्त क्षेत्रमा राैतहट लगायतका मधेसका जिल्लाहरू आंशिक रूपमा पर्न सफल भएको छ । क्रेडिट जसले लिन खाेजेपनि हामीले उठाएका मांग सम्बाेधन हुनु राम्रो पक्ष रहेकाे बताए । सरकारले दाेस्राे चरणमा विपद् संकटग्रस्त क्षेत्रमा मधेसका जिल्लाहरू राैतहट,सर्लाही, महाेत्तरी,सिरहा र सप्तरीका जिल्लाहरू लाई समावेश गरेकाे हाे ।
आंशिक रूपमा भएपनि सरकारकाे याे निर्णय स्वागतयाेग्य छ । बेलैमा सरकारकाे आँखा खुलेको भन्दै सराहना गरे । गत साता शुक्रबार नेपाल सरकारले १४ जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको थियोे ।
जसकाे राैतहटमा विभिन्न दलले असन्तुष्टि जनाउँदै मधेशका जिल्लालाई पनि समेटन माग गरेका थिए । नेता दासले तत्काल मधेशका संकटग्रस्त जिल्लालाई पनि विपद् संकटग्रस्त क्षेत्र घोषणामा समेटन माग गरेका थिए । लोसपा नेपालका नेता एवं रौतहटको कटहरिया नगरपालिकाका नगर प्रमुख प्रत्याशी रामप्रवेश दासले सरकारले १४ जिल्लालाई मात्र विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेकोमा असन्तुष्टि जनाएका थिए ।
नेता दासले उक्त घोषणालाई सच्याएर वास्तविक क्षति भएको पालिका र जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्नुपर्ने माग गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1