<
ओम प्रकाश यादव असोज २४ गते, रौतहट रौतहटको माधवनारायण नगरपालिका-८ खडकी रजवडामा सात सय बाढी प्रभावित परिवारलाई आज राहत वितरण गरिएको छ।
माधवनारायण नगर प्रमुख बैजनाथ प्रसाद यादवले आज बाढीबाट प्रभावित खडकी रजवडाका ७ सय घरधुरीलाई राहत सामग्री वितरण गरेका छन् ।
माधव नारायण नगरपालीका-८ का बाढी प्रभावित सात सय परिवारलाई आज एकै दिन नगर प्रमुख यादवले राहत बाँडेका हुन ।
विभिन्न दातृ निकायको सहयोगमा मेयर बैजनाथ प्रसाद यादवले बाढी पीडितलाई तत्कालका लागि केही सहयोग पुग्ने उदेश्यले चामल, दाल, चीनी, नुन,तेल लगाएत खाद्यान्न सामग्री हसतान्तरण गरेका हुन् ।
ग्रामीण विकास केन्द्र नेपाल र वर्ल्ड भिजन इन्टरनेसनल नेपालबाट प्राप्त भएको राहत सामग्री बाढी पीडितलाई वितरन गरिएको नगर प्रमुख यादवले बताए। बाढीले घरको सबै सामान बगाएपछि खान लाउन नभएर धौधौ परिरहेको पीडित नागरीकहरुले राहत पाएपछि निकै हर्षित भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1