Compressed by jpeg-recompress
<

ओम प्रकाश यादव असोज २२ गते, रौतहट ।

रौतहटमा एक जना मोटरसाइकल चोर पक्राउ परेका छन् । मोटरसाइकल चोरी गरी भाग्ने क्रममा मोटरसाइकल विग्रेपछि सर्लाहीका एक जना चोर रौतहट प्रहरीको फन्दामा परेका छन् भने अन्य चार जना फरार भएका छन् ।

 

जिल्लाको माधवनारायण नगरपालिका–६ माधोपुरमा सोमवार राति मोटरसाइकल चोरी गरी भाग्ने क्रममा सर्लाहीको इश्वरपुर नगरपालिका–१३ घर भएका अशोक महतोको छोरा श्याम महतो मोटरसाइकल सहित पक्राउ परेका छन् ।

माधोपुरका लालबाबु यादवको मोटरसाइकल चोरी गरी सर्लाहीतर्फ लैजाने क्रममा गढिमाई नगरपालिका–६ सिंगारमनमा महतो पक्राउ परेका थिए । महतोसंग अन्य दुई जना भएपनि उनिहरु भाग्न सफल भएका छन तर महतोलाई सिंगारमनका स्थानीयहरुले पक्राउ गरी राति नै प्रहरी चौकी माधोपुरको जिम्मा लगाएका थिए ।

त्यसपछि प्रहरी चौकी माधोपुरले राति नै महतोलाई इलाका प्रहरी कार्यालय गरुडा पठाएको थियो । गरुडा प्रहरीको नियन्त्रणमा रहेको महतोमाथी चोरी सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

चोरीमा सर्लाहीका अन्य दुई जना र माधोपुरका समेत दुई जना गरी चार जनाको संलग्नता रहेको स्थानीयहरु बताउँछन । चोरीमा अझै चार जनाको आशंका रहेको आधारमा अनुसन्धान प्रक्रिया अगाडि बढाइएको र अनुसन्धानको क्रममा नाम खुल्ने व्यक्तिमाथी पनि चोरीको मुद्दा चलाउने इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी राजन कार्कीले जानकारी दिएका छन् ।

स्थानीयहरुका अनुसार पक्राउ परेका महतो सर्लाहीका आफना दुई जनासाथी र माधोपुरका दुई जना गरी पाँच जनाको समुहमा सोमवार राति करिव १ बजेको समयमा माधोपुरमा मोटरसाइकल चोरी गर्न आएका थिए । स्थानीय लालबाबु यादवले आफना कम्पाउण्ड भित्र लगाएका मोटरसाइकल चोरी गरी श्याम महतो आफना जिल्ला सर्लाहीतर्फ लैजादै थिए तर माधोपुरको नजिकैमा रहेको सिंगारमन धर्मपुरमा पुग्दा महतो सवार मोटरसाइकल बन्द भएको थियो ।

मोटरसाइकल चल्न बन्द भएपछि महतो हतार हतारमा आफैले बनाउने प्रयास गर्दै गरेको अवस्थामा सिंगारमनका स्थानीयहरुलाई शंका लागेको थियो । त्यसपछि स्थानीयहरुले सोधपुछ गर्दा मोटरसाइकल छाडेर भाग्न खोज्दा उनिहरुले महतोलाई पक्राउ गरेका थिए । पक्राउ परेका महतोलाई मोटरसाइकल सहित उनिहरुले प्रहरीलाई बुझाएका थिए ।

स्थानीयहरुले बताए अनुसार महतोसंग चोरी गर्न आएका सर्लाहीका अन्य दुई जना र माधोपुरका दुई जना मिलेर माधोपुरका राजाराम साह र बुचिबाबु साहको गरी दुईवटा मोटरसाइकल चोरी गरी लैजान खोजेका थिए । घरभित्र लगाइएको दुईवटै मोटरसाइकल चोरी गरी घरबाट बाहिर सडकमा निकालेर भाग्न तयारी गर्दै गरेको अवस्थामा स्थानीयहरुले देखेर होहल्ला गर्दै लखेटन थालेपछि चारैजना दुईवटै मोटरसाइकल छाडेर भागेका थिए । स्थानीयहरुले देखेपछि उनिहरुले मोटरसाइकल चोरी गर्न पाएनन । त्यस्तै श्याम महतो गाडि सहित पक्राउ नै परे । जस कारण तिनवटै मोटरसाइकल चोरी हुनबाट जोगिएको छ । चोरको समुहले माधोपुरमा एकै रातिमा तिनवटा मोटरसाइकल चोरी गरी लैजान खोजेका थिए तर सिंगारमन र माधोपुरका स्थानीयहरुले चोरको उक्त योजनालाई विफल तुल्याइदिएका छन ।

चोरीको घटना भएदेखी रातिदेखी नै माधोपुरका दलित समुदायका दुई जना युवा फरार छन । सर्लाहीका समेत दुई व्यक्ति चोरीमा संलग्न रहेको स्थानीयहरु बताउँछन । चोरीमा संलग्न रहेका चार जना अझै फरार रहेकोले उनिहरुलाई पक्राउ गरी उनिहरुमाथी पनि चोरीको मुद्दा चलाउनुपर्ने माग स्थानीयहरुले गरेका छन । पछिल्लो केहि समयदेखी माधोपुरमा मोटरसाइकल चोरीको घटना बढेको पाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0