<
राैतहट,०९ गते असाेज ।
राैतहटकाे फतुवा बिजयपुर नगरपालिका वडा नम्बर ३ मा रहेकाे श्री आधारभूत बिधालय मेवामा अभिभावक भेला सम्पन्न भएको छ । साे वडाका वडा अध्यक्ष रामेश्वर प्रसाद यादवकाे अध्यक्षतामा बिधालयकाे नयाँ भवनकाे प्रांगणमा बसेकाे बैठकले आर्थिक काराेबार सम्बन्धि सामाजिक लेखा परिक्षण गर्न/गराउन सम्बन्धमा छलफल गरेकाे थियो ।
गत साेमबार असाेज ०७ गते भएको छलफलकाे क्रममा दुई वटा प्रस्तावहरू आर्थिक वर्ष २०८०/८१ काे बिधालयकाे आर्थिक काराेबारकाे सामाजिक लेखा परिक्षण र अन्य विषयमा छलफल गरिएको थियो ।
प्रस्तावमाथि छलफल गर्दा बिधालयकाे आर्थिक काराेबार शिर्षक अनुसार निकासा भई आएको र साेकाे खर्च समेत शिर्षक अनुसार चुस्त दुरूस्त रहेकाे निर्णय सर्वसहमती बाट निर्णय गरिएको श्री आवि मेवाका प्रधानाध्यापक रामजन्म महताे कहारले जानकारी गराउनु भएको हाे । अभिभावकहरूले बिधालयकाे हिसाबकिताब दिन माग गरेपछि बिधालयका प्रधानाध्यापक रामजन्म महताे कहारले बिधालयकाे हिसाबकिताब बुझाएका हुन् ।
साे बिधालयमा प्रधानाध्यापककाे जिम्मेवारी सम्हाले देखिनै प्रअ कहार पारदर्शी रूपमा काम गर्दै आएका हुन् । उनले अहिले दिएकाे हिसाब यस अघिका प्रअ प्रमाेद कुमार साहकाे चैत १४ गते सम्म र हालका प्रअ कहारकाे चैत १५ गते देखि गरेकाे खर्च विवरण हाे । उनकाे जिम्मामा यस चालु आर्थिक वर्षा २०८१/०८२ देखि चलिरहेको छ ।
उनले आफनाे पालामा बिधालयकाे एक सुक्का रकम हिनामिना नहुने अभिभावक समक्ष प्रतिबद्धता समेत जनाएका छन् । उनी बिधालयकाे जिम्मेवारी लिएदेखि बिधालय पढाइमा पनि सुधार भएको छ । साे वडाकाे बिद्यार्थी मात्र हाेईन् ।
छिमेकी बारा जिल्लाका बिद्यार्थी पनि आवि मेवामा पढन आउने गरेका हुन् । साे बिधालयकाे दिवाखाजा पनि निरन्तर रूपमा चलिरहेको छ । साे अभिभावक भेलामा पूर्व वडा अध्यक्ष दिपनारायण साह,वडा सदस्य रमेश्वर प्रसाद साह,कामेश्वर पन्डित,अभिभावक सदस्य नरेन्द्र कुमार पन्डित,पूर्व बि.व्य.स.अध्यक्ष हेमचन्द्र प्रसाद यादव,बिधालय व्यवस्थापन समितिकाे अभिभावक सदस्य रामएकवाल राय यादव सुरक्षाकर्मी,पत्रकार र स्थानीय भद्रभलादमीहरूकाे उपस्थिति रहेकाे थियोे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
4
+1
+1
+1
+1
2