<

प्रेमचन्द्र झा
अशाेज ०७
राैतहट । जिल्ला प्रशासन कार्यालयले साेमबार पहिलो पटक एक जनालाई गैर आवासिय नेपाली नागरिकताको प्रमाण पत्र प्रदान गरकाे छ । जर्मनी नागरिक फकरुदिन अलिअहमद शेख लाई प्रचलित कानुन बमोजिम निजलाई प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले गैर आवासिय नेपाली नागरिकताको प्रमाण पत्र प्रदान गरेको बताए ।

जर्मनी नागरिक फकरुदिन अलिअहमद शेखले हालको गढिमाई नगरपालिका वडा नम्बर ३ साविक गम्हरिया पर्सा गाविस वडा नम्बर ५ को ठेगानामा जन्म स्थान उल्लेख गरि उक्त नागरिकता लिएका छन ।

आवश्यक कागजात उपब्ध गराएको दिन नै आफुलाई विषेश प्राथमिकताको आधारमा नागरिकता प्रमाण पत्र पाएकोमआ उनले खुशी व्यक्त गरे ।उनले प्राप्त गरेको गैर आवासिय नेपाली नागरिकताको प्रमाण पत्रको नम्बर ९-३२-०१-८१-००००१ रहेका छन।

सो नागरिकतामा बुवाको नाम शेख नेक महमद र आमाको नाम शेहरा खातुन उल्लेख छ। फकरुदिन अलिअहमद शेखको जन्म मिति २०४०/०१/०१ रहेका छन । उनले ईस्वि संम्बत २०१८/०२/२३मा जर्मनीको नागरिकता लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0