<

आरके श्रीवास्तव,काठमाडौँ,२३ गते भदौ । 

बज्जिका भाषाकाे एक मात्र दैनिक पत्रिका बज्जिकाञ्चल दैनिकलाई भाषा आयोग सम्मानित गरेकाे छ । भाषा आयोगकाे स्थापना दिवसकाे अवसरमा आयोगकाे कार्यालय शंखमूलमा आयोजित विशेष कार्यक्रममा बज्जिकाञ्चल दैनिकलाई सम्मानपत्रबाट सम्मानित गरिएको छ ।

बज्जिका मातृभाषा र मातृभाषा साहित्यकाे श्रीवृद्धिमा उलेखनीय कार्य गरि अमूल्य योगदान पुर्‍याएकाे कामकाे उच्च मूल्यांकन गर्दै भाषा आयोगकाे तर्फबाट बज्जिकाञ्चल दैनिकलाई सम्मानित गरिएको छ । नेपालमा देशभरबाट मातृभाषामा प्रकाशित हुँदै आएको पत्रिकामध्ये ११ वटा  पत्रिकालाई एकसाथ सम्मानित गरिएको छ । मधेश प्रदेशबाट  भोजपुरी टाइम्सकाे साथै बज्जिकाञ्चल दैनिक सम्मानित भएको छ ।

नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उडयन  मन्त्री माननीय बद्रीप्रसाद पाण्डे बज्जिकाञ्चल दैनिकका सम्मानित गरेका छन् । पत्रिकाका संचालक राजु कुमार श्रीवास्तव बज्जिकाञ्चल दैनिककाे सम्मानपत्र बुझेका छन् ।साे अवसरमा मन्तव्य व्यक्त गर्दै मन्त्री पाण्डे मातृभाषाकाे सरकारी कामकाजकाे भाषा बनाउनमा प्रदेश सरकार र  स्थानीय सरकारलाई जिम्मेवार हुन आवश्यक रहेको बताएका छन् । मन्त्री पाण्डे बज्जिकाञ्चल दैनिककाे साथे सबै मातृभाषाकाे पत्रिकाका अझै राम्रो सँग मातृभाषाकाे सेवा गर्न सुझाव दिएका छन् ।

साे अवसरमा श्रीवास्तव सम्पूर्ण बज्जिका मातृभाषीकाे  सम्मानकाे बात रहेकाे उल्लेख गर्दै जबसम्म शरीरमा साँस रहन्छ तबसम्म बज्जिकाञ्चल दैनिकलाई प्रकाशन गर्ने प्रतिबद्धता पनि जनाएका छन्  ।

विश्व बज्जिकाकाे पहिलाे दैनिक अखबारकाे रुपमा सम्पूर्ण बज्जिकाञ्चल क्षेत्रकाे साझा आवाजकाे नारासहित प्रकाशित भईरहेकाे बज्जिकाञ्चल दैनिक नेपाल र भारतकाे सम्पूर्ण बज्जिकाप्रेमीकाे मुख्य आवाज रहेकाे छ । बज्जिका भाषा र साहित्यकाे सम्पूर्ण गतिविधिकाे प्रकाशन गर्दै प्रचारप्रसार गर्दै  बज्जिकाञ्चल दैनिक बज्जिका पत्रकारिताकाे अग्रणी पत्रिका बन्नमा सफल भएकाे छ ।

नेपालकाे बज्जिका साहित्यकारकाे शनिवारका दिन र भारतीय बज्जिका साहित्यकारकाे आईतबारकाे दिनकाे अंकमा साहित्यिक गतिविधि र साहित्य सिर्जनाकाे मुख्य स्थान दिईरहेकाे  बज्जिकाञ्चल दैनिकलाई राष्ट्रिय सम्मान प्राप्त भएकोले सम्पूर्ण बज्जिकाञ्चल क्षेत्रमा खुसीकाे संचार भएकाे छ ।

बज्जिका भाषाकाे साहित्यकार, बज्जिका भाषाकाे प्रेमी, बज्जिकाकाे शुभचिन्तक तथा बज्जिकाञ्चल दैनिककाे शुभेच्छुक खुसी व्यक्त गरेका छन् । रौतहटबाट प्रकाशित हुने सबै पत्रिकामा बज्जिकाञ्चल दैनिकनै पहिलाे चाेटी राष्ट्रिय सम्मानबाट सम्मानित भएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0