Oplus_131072
<

आरके श्रीवास्तव,राैतहट,२२ गते । 

भाषा आयोगकाे वार्षिकोत्सवकाे अवसरमा बज्जिकाञ्चल दैनिक सम्मानित हुँदै छ । भाषा आयोगले एक पत्र पठाउँदै बज्जिकाञ्चल दैनिकलाई सम्मानित गर्ने जनाएकाे हाे ।

नेपालकाे संविधानकाे धारा  २८७ अनुसार गठित शंखमूल काठमाडौँमा रहेकाे भाषा आयोगकाे ९ आैं स्थापना दिवस २०८१ काे अवसरमा मातृभाषा र मातृभाषा साहित्यकाे श्रीवृद्धिमा उलेखनीय कार्य गरि अमूल्य योगदान पुर्याएकाे उच्च मूल्यांकन गर्दै भाषा आयोगकाे तर्फबाट सम्मान गर्ने कार्यक्रम रहेकाेले भदौ  २३ गते उपस्थित भई सम्मानपत्र ग्रहण गर्न बज्जिकाञ्चल दैनिकलाई अनुरोध आएकाे छ ।

भाषा आयोगकाे कामु सचिव डा. लोकेन्द्र बहादुर लोप्चनद्वारा हस्ताक्षरित पत्र बज्जिकाञ्चल दैनिकलाई प्राप्त भएकाे छ ।

भाषा आयोगद्वारा सम्मानित हुनेमा बज्जिकाञ्चल प्रथम पत्रिका बन्नमा सफल भएकाे छ ।

विश्व बज्जिकाकाे पहिलाे दैनिक पत्रिकाकाे रुपमा रहेकाे बज्जिकाञ्चल दैनिक सम्पूर्ण बज्जिका मातृभाषीकाे  साझा आवाज पनि रहेको छ ।

बज्जिकाञ्चल दैनिकलाई भाषा आयोगद्वारा सम्मानित गर्ने खबर प्राप्त हुने बित्तिकै सम्पूर्ण बज्जिका मातृभाषीमा खुसीकाे संचार भएकाे छ ।

बज्जिकाञ्चल दैनिक यस खुसीकाे अवसरमा सम्पूर्ण सहयोगी तथा शुभचिन्तकलाई बधाई दिएकाे छ । साथमा हामीलाई थप जिम्मेवारी महसुस भईरहेकाे भन्दै पत्रिकालाई अझै राम्रो गर्न हामी पूर्ण प्रतिबद्ध छाैं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0