<

काठमाडौं । भारतको विहार राज्यस्थित समस्तीपुरको नेशनल आइवे २८ मा नेपाली तीर्थयात्री बोकेको बस दुर्घटनामा परेको छ ।

४३ जना सवार ना ७ ख ६४४६ नम्बरको बस दुर्घटना भएको हो । सो दुर्घटनामा ३६ जना घाइते भएको भारतीय सञ्चारमाध्यामले उल्लेख गरेका छन्, जसमा ५ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

अहिले घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

तीर्थयात्री सबै बारा जिल्लाका रहेको बताइएको छ । तीब्र गतिमा आएको ट्रकले ठक्कर दिँदा उक्त दुर्घटना भएको रिपोर्टमा उल्लेख छ । न्युज कारखाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0