<

नयाँदिल्ली, ३१ साउन । विनेश फोगाटले पेरिस ओलम्पिकमा रजत पदक नपाउने भएकी छिन ।

 

विश्व खेलकुदको मध्यस्थता अदालतले बुधबार अगस्टमा उनको अपील अस्वीकार गरेको जनाएको छ ।

 

फोगाट फाइनलअघि नै तौलका कारण अयोग्य घोषित भएको घोषणा गरिदिए पछि उनले खेलकुद अदालतमा याचिका दायर गरेकी थिइन । तर, उनको मुद्धाको सुनवाई १६ अगस्तमा फैसला हुने भनिए पनि उनको अपिल अगस्ट १४ गते नै खारेज गरिएको हो  ।

 

यो निर्णयपछि भारतीय ओलम्पिक कमिटीकी अध्यक्ष पीटी उषाले असन्तुष्टि जनाएकी छन् ।

 

विनेशले महिला ५० केजी तौल समूहमा लगातार ३ खेल जितेर फाइनलमा स्थान बनाएकी थिइन् । फाइनल अगस्ट ८ मा हुने तय भएपनि खेलअघि नै ओलम्पिक कमिटीले विनेशको तौल १०० ग्राम ५० केजीभन्दा बढी भएकाले उनलाई अयोग्य घोषित गरे पछि उनी अदालत पुगेकी थिइन ।न्युज कारखाना

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0