Oplus_131072
<

राैतहट,२८ गते साउन । 

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा राैतहट जिल्लाको कटहरिया नगरपालिका वडा नं ५ कटहरिया बजारमा जनसेवा यूवा कलवको आयोजनामा वृक्षरोपण तथा सरसफाइ कार्यक्रम भव्य रुपमा सम्पन्न भएकाे छ ।

जन सेवा यूवा कलवका अध्यक्ष रामअधार यादवको समन्वयमा मेयर प्रत्यासी समाजसेवी युवा नेता नसरूदिन अंसारीले कटहरिया बजार लाई सफा सुन्दर होस् र बातावरण प्रदुषण नहोस् भन्ने उद्देश्यले फोहर व्यवस्थापनका लागि चौक चौकमा डसविन सहयोग गरेका छन् ।

साथै कटहरिया नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष चन्दन कुमार कुशवाहाले कटहरिया बजार रहेको विवाह भवनको अगाडि र प्रांगणमा हराभरा स्वच्छ वातावरण रहने उद्देश्यले रुखको बिरूवा सहयोग गरि वृक्षारोपण गरेका छन्। साथै सो अवसरमा युवा कलवका पदाधिकारी र सदस्यहरूको उपस्थितिमा भव्य रुपमा कार्यक्रम सम्पन्न भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0