<

काठमाडौं, २७ साउन । भियनामा टेलर स्विफ्ट कन्सर्टमा आक्रमण गर्न खोज्ने एक जना पक्राउ परेका छन् ।

 

अस्ट्रियाका अधिकारीहरूका अनुसार भियनामा टेलर स्विफ्ट कन्सर्टमा आक्रमण गर्ने आइएसआइएस प्रेरित एक ब्यक्तिलाई पक्राउ गरिएको छ ।

सो कन्सर्टमा आतकंबादी हमला गर्नका लागि षड्यन्त्र गरिरहेका एक १८ बर्षिय इरानी नागरिकलाई पक्राउ गरिएको अष्ट्रेलियाका आन्तरिक मन्त्रीले जानकारी दिए ।

 

सुरक्षा अधिकारीहरूले स्विफटको ब्लकबस्टर प्रदर्शन हुने क्रममा भियना लेगको लागि योजना गरिएको आतंकवादी हमलालाई विफल पारेका थिए । त्यस पछि अस्ट्रियामा तीन स्विफ्ट कन्सर्टहरू रद्द गर्ने बिहीबार आयोजकहरूले असाधारण निर्णय लिनु परेकाे थियाे ।

 

इराकी किशोर पक्राउ पर्ने तेस्रो व्यक्ति हुन । मुख्य संदिग्ध उत्तरी म्यासेडोनियाको १९ वर्षीय अर्का किशोर छन, जो अस्ट्रियालीसँग सम्बन्ध रहेको विश्वास गरिएको छ । अनुसन्धान पछि यो खुलेको थियो कि दुवै किशोरहरूले भर्खरै आईएसआईएसप्रति वफादारीको वाचा गरेका थिए । जाे स्विफ्टकाे कन्सर्टमा हमला गर्ने तयारीमा रहेकाे भनिएकाे छ तर प्रहरीले थप  विवरण भने दिएकाे छैन ।न्युज कारखाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0