काठमाडौँ, २५ साउन : नेकपा माओवादी केन्द्र बैठक नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को शुक्रबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको बैठकमा सहभागी पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' एवम् अन्य नेताहरू । तस्बिर : रत्न श्रेष्ठ/रासस
<

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकमा आज पनि जारी रहने भएको छ। बिहीबारदेखि सुरु भएको बैठक आज पनि बस्ने माओवादी केन्द्रीय कार्यालयले जनाएको छ।

बैठकमा आज सदस्यहरूले वैचारिक, राजनीतिक र सांगठनिक परिस्थिति तथा कार्यभारका सम्बन्धमा धारणा राख्नेछन्। यसअघि हिजोको बैठकमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक घटनाक्रमबारे छलफल भएको थियो।

पार्टी मुख्यालय पेरिसडाँडामा बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले पछिल्लो समय नेपाल र मित्रराष्ट्र बंगलादेशमा भएका राजनीतिक घटनाक्रमको ‘ब्रिफिङ’ गरेका थिए। उनले संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयमा दलबीच भएको सहमतिबारे जानकारी गराएका थिए।न्युज कारखाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0