<

बारा । जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी कलैया उपमहानगरपालिका-६ मदरसाटोल बस्ने २७ वर्षीय ईम्तियाज अंसारीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत बाराबाट उक्त मुद्दामा ९ वर्ष ६ महिना १५ दिन कैद सजाय ठहर भई फरार रहेका उनलाई अस्थायी  प्रहरी पोष्‍ट बसपार्क कलैयाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत बारामा पेश गरिएको छ । न्युज कारखाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0