<

आरके श्रीवास्तव/राैतहट/२० गते सावन 

राैतहटमा नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीलाई ठूलाे झटका लागेकाे छ । नेकपा एस परित्याग गरि मधेस प्रदेश सरकारका पूर्व वन राज्य मन्त्री नागेन्द्र यादव नेकपा एमालेमा प्रवेश गरेका हुन् । याे सँगै उनी आफनाे पुरानै घर नेकपा एमालेमा फर्किएका हुन् ।

नेकपा एसका प्रभावशाली नेता एवं पूर्व राज्यमन्त्री यादव पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपि शर्मा ओलिबाट टीका लगाई पार्टी प्रवेश गरेको उनका सहयोगी ऋषि तिवारीले जानकारी गराएका हुन् ।

यादवकाे नेतृत्वमा झण्डै दुई दर्जन नेताहरू नेकपा एमाले पार्टी प्रवेश गरेकाे उनले बताए । याे संगै रौतहटमा नेकपा एसलाई ठूलाे धक्का लागेकाे राजनीतिक विश्लेषकहरूले बताउन थालेका छन् ।

पछिल्लाे समय नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल सँग असंतुष्ट रहदै आएका यादव अचानक एमालेमा प्रवेश गरेपछि राैतहटकाे राजनितीमा तहलका नै मचेकाे छ ।

राैतहट क्षेत्र नम्बर ३ मा यादव राजनीतिकाे एउटा मजबुत खम्बाकाे रूपमा चिनिन्छन् । २०७४ सालकाे चुनावमा उनी नेकपाकाे तर्फबाट राम्रो मत ल्याएर प्रदेश सांसदमा निर्वाचित भएका थिए । तर नेकपा एसकाे तर्फबाट २०७९ चुनावमा उत्रेका उनी गठबन्धनका बाबजुद पनि पराजित हुन् पुगेका थिए । त्यसैबेला देखि पार्टी प्रति सशंकित हुँदै आएका उनी अन्ततः एमालेमा फर्किएका हुन् । उनको याे निर्णयलाई उनका समर्थकहरूले राम्रो कदम भएको भन्दै सराहना गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0