<
साउन १९ गते, रौतहट ।
राष्ट्रिय दलित पत्रकार महासंघ, नेपाल रौतहट जिल्लाको गत असार ७ गते सम्पन्न भएको दोश्रो अधिवेशनबाट चुनिएका पदाधिकारीहरुलाई शनिबार प्रमाणपत्र वितरण गरिएको छ। रौतहट जिल्लाको गरुडा स्थित अनुष पार्टी पैलेस एवं गेष्ट हाउसको सभाहलमा आयोजित सो प्रमाणपत्र वितरण कार्यक्रममा शनिबार “राष्ट्रिय दलित पत्रकार महासंघ नेपाल रौतहट शाखा” मा आवद्ध सम्पूर्ण पदाधिकारी तथा सदस्यहरुलाई प्रमाणपत्र तथा प्रेस कार्ड वितरण गरिएको छ। सो कार्यक्रमलाइ सम्बोधन तथा शुभकामना व्यक्त गर्दै नेपाल पत्रकार महासंघ मधेस प्रदेशका सदस्य शैलेन्द्र झाले पत्रकारीता क्षेत्रमा बस्दा फल भन्दा कममा जोड दिन आग्राह गर्नुभयो। उहाँले पत्रकारीता पेसामा लागिसके पछि फेसबुकमा लेख्नुको सट्टा कुनै अनलाई, रेडियो वा पत्रपत्रिकामा लागेर काम गर्न र समाचारको माध्यमले आफ्नो परिचय दिन आग्रह गरे। झाले राष्ट्रीय दलित पत्रकार महासंघमा आवद्ध पत्रकारहरुलाई सबै कुरा बुझेर र आफुले लेख्न खोजेको समाचार संग सम्बन्धित सम्पूर्ण प्रमाणहरु जुटाएर मात्र समाचार लेख्न आग्रह गर्दै समाजमा भइरहे को विभिन्न प्रकारका अन्याय,अत्याचार र भ्रष्टाचारको विरुद्धमा प्रमाणका साथ खुलेर कलम चलाउन निर्देशन दिदै सो क्रममा पत्रकार माथि आउने हरेक प्रकरको समस्यमा आफुहरु सदैब सहयोग गर्ने उनले आश्वासन समेत दिनुभयो।
त्यसैगरी नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष प्रेमचन्द्र झाले नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई शुभकामना दिदै उक्त संगठनका पत्रकारहरुलाई पत्रकारिता सम्बन्धि थप ज्ञानको लागि आफुले छिटै कुनै संस्था संग सहकार्य गरेर आधारभूत पत्रकारिता तालिम संचालन गरी उनिहरुलाई परिपक्व बनाउने घोषणा गर्नुभयो। अध्यक्षझाले पत्रकार आचारसंहिता सम्बन्धि केही कुराहरु राख्दै पत्रकारले गर्नुहुने तथा न गर्नुहुने कामहरुको बारेमा समेत अवगत गराउनुभयो। त्यसैगरी राष्ट्रिय दलित पत्रकार महासंघका कंन्द्रिय समितिका राष्ट्रिय प्रतिनिधि तथा केन्द्रीय सचिव सिकेन्द्र पासवानले,रौतहट जिल्ला कार्यसमितिका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई कार्यकाल सफलताको शुभकामना दिदै,पत्रकार देशको चौथो अंगको रुपमा रहेकोले यस पेसामा लागेका राष्ट्रिय दलित पत्रकार महासंघका सदस्यहरुलाई आफ्नो पद र मर्यादाको ख्याल गरि काम गर्न र सबैले पाएको पमाणपत्र तथा पत्रकार परिचय पत्रको समेत मर्यादाको ख्याल गरेर मात्रै कुनै काम गर्न आग्रह गर्नुभयो। त्यस्तै राष्ट्रिय दलित पत्रकार महासंघ रौतहटका अध्यक्ष राजेश पासवान(निर्माणी)ले राष्ट्रिय दलित पत्रकार महासंघ दलित शब्द बाट नामाकरण भएतापनि पत्रकार एकल समाज,एकल जात र एकल व्यक्तिको लागि मात्रै नभई,पत्रकार हाम्रो समाजमा भइरहेको अन्याय,अत्याचार र भ्रष्टाचारको विरुद्धमा काम गर्ने तथा समाजको हकहितको लागि समाचारको माध्यमले आवाज उठाइदिने साझा व्यक्ति रहेको बताउनुभयो। उनले आफुहरु पछडिएको समुदायबाट रहेकोले आफ्नो समुदाय अर्थात दलित समुदायको लागि बढी आवाज उठाउदै, सम्पूर्ण समुदायको सामाचार समेत लेखिदिन तथा आवाज उठाइदिनहुन सबै संग अनुरोध गरे। पासवानले संघमा लागेका पदाधिकारीहरुलाई व्यवस्थित गर्न विभिन्न पत्र पत्रिका,अनलाइन,रेडियो तथा विभिन्न मिडियामा जोडिदिने आश्वासन दिदै,उनले दलित पत्रकारहरुको क्षमाता विकासका निम्ति अबको ३ महिना भित्रमा आधारभुत पत्रकारिता तालिम संचालन गरेर उनिहरुलाई अगाडि बढाउने आश्वासन समेत दिनुभयो। कार्यक्रमको अध्यक्षता राष्ट्रिय दलित पत्रकार संघ नेपाल रौतहटका अध्यक्ष राजेश पासवान(निर्माणी)ले गर्नुभएको थियो भने प्रमुख अथितिको रुपमा संघका केन्द्रीय सचिव सिकेन्द्र पासवान,विशिष्ट अथितिमा नेपाल पत्रकार महासंघका अध्यक्ष प्रेमचन्द्र झा र नेपाल पत्रकार महासंघ मधेस प्रदेशका सदस्य शैलेन्द्र झा,अतिथिमा सामावादी प्रेस संगठनका केन्द्रीय सदस्य रमेश सुवेदी,नेपाल प्रेस युनियन मधेस प्रदेशका सदस्य संजिव मिश्र,नेपाल पत्रकार महासंघ बाराका नि.वर्तमान उपाध्यक्ष राकेश पाण्डे,समेत उपस्थिती रहेको थियो भने सो कार्यक्रममा राष्ट्रिय दलित पत्रकार संघ नेपालमा आवद्ध सम्पूर्ण पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा उपस्थित सम्पूर्ण अथितिहरुले आ-आफ्नो मन्तव्य व्यक्त गर्दै नव निर्वाचित कार्य समितिका पदाधिकारीहरुलाई प्रमाण पत्र तथा पत्रकार परिचय पत्र हस्तान्तरण गर्दै बधाई तथा शुभकामना समेत व्यक्त गर्नु भएका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1