<

ओम प्रकाश यादव
साउन ९ गते, रौतहट ।
जनता समाजवादी पार्टी नेपाल रौतहटले माधवनारायण नगरपालिकामा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सञ्चालन गरेको छ ।
पार्टीका नेता, कार्यकर्ता तथा शुभचिन्तकहरुसंग संगठन निर्माणको विषयमा छलफल गर्न जसपा नेपालले माधवनारायण नगरपालिकामा जारी राखेको अगुवा कार्यकर्ता भेटघाट कार्यक्रमको तेश्रो दिन बुधवार सखुअवामा पार्टीका नेता कार्यकर्तासंग भेटघाट गरेको हो ।
जसपा नेपालको माधवनारायण नगर कमिटिले यस पालिकामा आफना नेता कार्यकर्ताहरुसंग भेटघाट गर्ने कार्यक्रम जारी राखेको हो ।
माधवनारायण नगरपालिका वडा नं. ३ सखुअवामा बुधवार माधवनारायण नगर कमिटिले पार्टीका नेता कार्यकर्ताहरुसंग संगठनलाई अझै बलियो बनाएर जाने विषयमा वृहद छलफल गरेको नगर कमिटि अध्यक्ष विरेन्द्र प्रसाद यादवले बताए ।
मिसन २०८४ लाइ ध्यानमा राखी अहिलेदेखी नै संगठनलाई अझै मजबुत बनाउनका लागि पालिकाको प्रत्येक वडामा कार्यकर्तासंग भेटघाट गरी आवश्यक राय सुझाव र सल्लाह लिने काम भइरहेको माधवनारायण नगरपालिकाका पूर्व मेयर समेत रहेका नगर अध्यक्ष यादवले बताए ।
पार्टी संगठनलाई अझै सुदृढ, बलियो, शक्तिशाली र एकतावद्ध बनाउन माधवनारायण नगरपालिकाको प्रत्येक वडामा पार्टीका नेता, कार्यकर्ता तथा शुभचिन्तकहरुसंग भेटघाट तथा छलफल कार्यक्रमलाई तिव्रता दिइएको जनता समाजवादी पार्टी नेपाल जिल्ला समन्वय समिति रौतहटका अध्यक्ष श्याम विहारी यादवले बताएका छन् ।
सो क्रममा जिल्ला अध्यक्ष श्याम विहारी यादवले पार्टी फुट्यो भनेर व्यर्थमा चिन्ता नगर्न पार्टीका नेता कार्यकर्ताहरुलाई आग्रह गरे । उनले भने, ‘जो गयो, त्यो आफ्नो थिएन, जो आफ्नो हो, त्यो पार्टीको साथमा छ । त्यसैले पार्टी छोडेर गएकाप्रति धेरै चिन्ता नगरौं । जुन देशमा राजनीतिक स्थिरता हुँदैन त्यहाँ पार्टीको स्थिरता पनि हुँदैन ।’ उनले भने ।
उनले गैरकानूनी रुपमा जसपा नेपाल फुटाइएको घोषणा गरिए पनि १ प्रतिशत कार्यकर्ता पनि अर्को पार्टीमा नगएको दाबी गरे । उनले भने, ‘जसपा नेपालमा डेढ लाख क्रियाशील सदस्य छन्, तीमध्ये १ हजार पनि उता गएका छैनन् । केहि नेता मात्र पार्टीबाट फुटेर गएको तर पार्टीका सबै कार्यकर्ताहरु जसपा नेपालकै साथमा रहेको उनले बताए ।
मिसन २०८४ मा बढि भन्दा बढी सिट हासिल गर्ने गरी जसपा नेपाललाई अझै ठुलो र सक्तिशाली पार्टी बनाउन अहिलेदेखी नै संगठन निर्माणमा लाग्न अध्यक्ष यादवले सबैलाई निर्देशन दिए । भोली विहीवार वडा नं ४ विशुनपूर्वा मानपुरमा कार्यक्रम सञ्चालन हुने अध्यक्ष यादवले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
0
+1
0
+1
0