<

ओम प्रकाश यादव
साउन ८ गते, मंगलवार रौतहट ।
रौतहटको माधवनारायण नगरपालिका-६ माधोपुर स्वास्थ्य चौकीमा यहि साउन महिना भित्रमा प्रसुति गृह अर्थात बर्थिङ सेन्टर सञ्चालन हुने भएको छ ।
प्रदेश र माधवनारायण नगरपालिका कार्यालयको आर्थिक सहयोगमा माधोपुर स्वास्थ्य चौकीमा नवनिर्मित भवनमा यहि साउन महिनामा बर्थिङ सेन्टर सञ्चालन हुने बताइएको छ ।
पहिलादेखी नै जन स्वास्थ्य प्रयोगशाला र ल्यावको सेवा उपलब्ध रहेको उक्त स्वास्थ्य चौकीमा माधवनारायण नगरपालिकाले बर्थिङ सेन्टरको सुविधा थप गर्न लागेको छ ।
माधवनारायण नगरपालिकाका नगर प्रमुख बैजनाथ प्रसाद यादवले मंगलवार उक्त स्वास्थ्य चौकीमा नवनिर्मित भवन र स्वास्थ्य उपकरणहरुको अनुगमन निरीक्षण गरेका छन् ।
अस्पतालको अनुगमन निरीक्षण गर्दै नगर प्रमुख यादवले यस साउन महिना भित्रमा उक्त अस्पतालमा अत्याधुनिक एवं सुविधा सम्पन्न बर्थिङ सेन्टर उद्घाटन गरी सेवा सुचारु गर्ने बताएका छन् ।
बर्थिङ सेन्टर नहुँदा चन्द्रपुर, विरगंज लगाएतका ठाउँमा मोटो रकम तिरेर गर्भवती महिलाहरुले प्रसुति गराउनु बाध्य हुँदै आएको अवस्थालाई अन्त्य गरी आफनै गाउँ ठाउँमा सहज तरिकाले सुत्केरीको सेवा उपलब्ध गराउने उद्देश्यले माधोपुर स्वास्थ्य चौकीमा बर्थिङ सेन्टरको सेवा थप गर्न लागेको मेयर यादवले बताए ।
स्वास्थ्यको पहुँचलाई ग्रामीण भेगसम्म विस्तार गर्ने र आम नागरिकलाई स्थानीय स्तरमै प्रसुति गृहको सेवा उपलब्ध गराइ स्थानीय सरकारको अनुभूति दिलाउने उद्देश्यले माधोपुर स्वास्थ्यचौकीमा बर्थिङ सेन्टरको सेवा थप गर्न लागिएको उनले बताए ।
‘बर्थिङ सेन्टरका लागि आवश्यक पर्ने पूर्वाधार, उपकरणहरुको व्यवस्था गरिसकेका छौँ,’ उनले भने, ‘अत्याधुनिक उपकरणहरुसहित स्वास्थ्यकर्मीलाई तालिम पनि दिसकेका छौ । प्रसुति गृह सञ्चालनका लागि आवश्यक पर्ने सबै स्वास्थ्य उपकरण खरिद देखी लिएर अन्य सबै तयारी पुरा भइसकेको र अब उदघाटन गर्न मात्र बाँकी रहेको मेयर यादवले बताए ।
माधवनारायणमा अहिले एउटा खेसरहीयामा मात्र बर्थिङ सेन्टर सञ्चालन रहेको छ । नगरपालिकाले आफना दोश्रो बर्थिङ सेन्टरको रुपमा माधोपुरमा बर्थिङ सेन्टर सञ्चालन गर्न लागेको छ ।
माधवनारायण नगर प्रमुख बैजनाथ प्रसाद यादवको अथक प्रयास र पहलकदमीमा माधोपुरमा उक्त बर्थिङ सेन्टर सञ्चालन हुन गालेको छ ।
माधोपुरमा अहिले बर्थिङ सेन्टर नहुँदा गर्भवतीलाई सुत्केरी गराउन बोकेर बाहिर लैजानुपर्ने अवस्था छ । यसरी बाहिरको अस्पतालमा सुत्केरी गराउन जाँदा एक जनाले महिलाले सुत्केरी गराए वापत ७० हजार देखी १ लाखसम्म रुपैयाँ अस्पताललाई तिर्न बाध्य छन ।
तर माधोपुरमा प्रसुति गृहको सुविधा भएपछि माधोपुर सहित खडकी रजवडा, गढो, फुलवरीया, लौकाहा लगाएत दर्जनौ गाउँका हजारौ व्यक्ति लाभान्वित हुने उनले बताए ।
साथ साथै यहाँका गर्भवति महिलालले सहज तरिकाले नजिकैमा प्रसुति गराउन पाइने र अन्य अस्पताललाई तिर्दै आएको लाखौं रकम बचत हुने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0